Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – पुरुषमा धेरै जसो थकाईको समस्या देखिन्छ । थकाई लाग्नुको पछाडि धेरै कारण हुन सक्छन् । निन्द्रा नपुग्नु, तनाव धेरै हुँदा लाग्ने थकाईहरु केही समयमा नै हट्न सक्छ तर कुनै विरामीका कारण भएको थकाई सजिलै हराउन सक्दैन । शारीरिक र मानसिक थकान विरामीको लक्षण पनि हुन सक्छ ।

टेस्टोस्टेरोनको कमी
टेस्टोस्टेरोन हर्मोनको स्तर पुरुषमा वयस्क अवस्था धेरै सक्रिय हुन्छ । जब उमेर बढ्दै पुरुषको शरिरमा टेस्टोस्टेरोन हर्मोनको सक्रियता घट्दै जान्छ । उमेर बढ्दै जाँदा के कारणले हर्मोनको सक्रियता घट्छ भन्ने तथ्य नभेटिएपनि ह्य्पोगोनाडिज्म विरामीका कारण हुन सक्ने चिकित्सा विज्ञानले बताउँछ । टेस्टोस्टेरोनको गिरावटले यौन क्षमतामा कमी ल्याउने, निन्द्रा कम लाग्छ र थकान बढ्छ ।

थाइराइडको समस्या
थाइराइड हर्मोनमा कमी आउँदा शरीरको उर्जा हराउँछ । प्राय जसो थाइराइडको समस्या महिलामा हुने गर्छ तर पनि यो समस्या पुरुषमा पनि देखिन सक्छ । थाइराइडको समस्या देखिएमा समयमा नै ध्यान दिन आवश्यक छ ।

डिप्रेशन
आजभोली डिप्रेशन जसलाई पनि हुन सक्छ । डिप्रेशन हुँदा उदास हुने, सुस्त, निराश हुने, निन्द्रा नलाग्ने, कुनै पनि काम गर्नका लागि मन नलाग्ने, शरिर आलस्य हुने जस्ता समस्याहरु देखा पर्छन् । डिप्रेशनको समयमा नै उपचार गर्नुपर्छ नत्र यसको कारणले मानिसहरु आत्महत्या समेत गर्न सक्छन् ।

निन्द्रा सम्बन्धी विरामी
निन्द्रा नलाग्नु वा निन्द्रामा कमी आउनाले शरिरमा थकान महसुस हुन्छ । बढी थकाई लाग्न निन्द्राको कमी प्रमुख कारण हो । शरिर स्फुर्त राख्नका लागि समयमै सुत्नु पर्छ ।

व्यायाम र पौष्टिक तत्वको कमी
व्यायाम र उचित पौष्टिक खानाको कमीका कारण पनि शरीर उर्जाहिन हुन्छ । नियमित रुपमा व्यायाम गर्दा निन्द्रा राम्रोसंग लाग्छ र जीवनशैलीमा पनि सुधार आउँछ । दैनिक खाने खानेकुरामा फलफूल, सागसब्जी, प्रोटीनजन्य खानेकुरा आदि हुन जरुरी छ । जंक फुड तथा अस्वस्थकर खानेकुराबाट टाढै रहनु उचित हुन्छ । ***

तपाईको प्रतिक्रिया