काठमाडौँ – मानिस सामाजिक प्राणी हो । यसकारण पनि ऊ एक्लै जिन्दगी बाँच्न सक्दैन । मानिसँग घुलमिल, बातचीत, घुमघाम यी सबै मानिसलाई एक्लोपनबाट टाढा राख्ने माध्यम हुन्, जुन जरुरी पनि छ । तर, यसको विपरित यदि कोही एक्लै हुन्छ, भेटघाटमा सरिक हुँदैन, अरु मानिसँग समय व्यतित गर्न रुचाउँदैन भने यसलाई एक समस्याका रुपमा लिन सकिन्छ ।
यही कारण होकि, एक्लोपनलाई सजायको रुपमा प्रयोग गरिँदैछ । मान्छेलाई जेलमा एक्लै कैद गरेर राखिन्छ । मानसिक बिमारीलाई पनि जन्जीरले बाँधेर एक्लै राख्ने गरिन्छ । यसकारण एक्लोपन खतरनाक हो । आज तमाम देशमा एक्लोपनलाई बिमारीको संज्ञा दिइँदैछ । यसबाट मुक्ति पाउनका लागि मान्छेले मान्छेलाई नै मनोवैज्ञानिक सल्लाह लिन सुझाव दिइरहेका छन् ।
के साँच्चिकै एक्लोपन खतरनाक हुन्छ त ?
धेरैजसो मान्छेले यसको जवाफमा ‘नो’ भन्न रुचाउँछन् । उनीहरू पार्टी, समारोहमा जानुपर्दा अप्ठ्यारो महसुस गर्छन् । सकभर अरुबाट भेटघाट हुनदेखि बच्न चाहान्छन् । यस्ता धेरै मान्छे, जसले आफू एक्लै रहने घोषणा गर्छन् ।
अमेरिकी लेखिका एनेली रुफसले स्पष्ट रुपमा ‘पार्टी अफ वनः द लोनर्स मेनिफेस्टो’को नामबाट पुस्तक नै लेखेकी छिन् । उनको भनाइ छ– एक्लै रहनुका धेरै फाइदा छन् । मजा छ । एक्लै रहँदा तपाईं आफैंमा केन्द्रित बन्न सक्नुहुन्छ । आफ्नो क्रियटिभिटी पनि बढ्छ । मान्छेसँग भेटेर बाहियात कुरा गर्नुभन्दा एक्लै रहनु धेरै राम्रो कुरा हो ।
ब्रिटिश रोयल कलेज अफ जनरल प्राक्टिशनर्स भन्छ कि, एक्लोपन मधुमेह जस्तै खतरनाक रोग हो । यसबाट पनि उत्तिकै मान्छेको मृत्यु हुन्छ, जति मधुमेहबाट हुन्छ । एक्लोपनले हाम्रो सोच्ने–सम्झिने शक्तिलाई परास्त गर्दै लैजान्छ । रोगसँग लड्ने क्षमतामा पनि ह्रास ल्याउँछ, एक्लोपनले ।
एक्लै रहँदा बढ्छ क्रियटिभिटी ?
एक्लै रहनु, कुनै भेटघाटबाट टाढा बस्नु आदि–इत्यादि यदि स्वयंको निर्णय हो भने यो फाइदाजनक नै हुन्छ । अमेरिकाको सेन जोस युनिभर्सिटीका ग्रेगरी फिस्टले यसबारे अनुसन्धान गरेका छन् । फिस्ट यो निर्णयमा पुगे कि, स्वयंसँग समय बिताउनुले आफ्नो क्रियटिभिटीमा निखारता ल्याउँछ । यसले आत्मविश्वास पनि बढाउँछ । स्वतन्त्रताको सोच निर्माण गर्छ । तर, जब तपाई केही समय एक्लै बिताउनुहुन्छ भने पुराना कुरा सम्झेर आफ्नो सम्झना बलियो बनाउन पनि सक्नुहुन्छ ।
किन एक्लै रहन चाहान्छन् मान्छेहरू ?
अमेरिकाकै बफेलो युनिभर्सिटीका मनोवैज्ञानिक जूली बोकरको अनुसन्धानबाट फिस्टको दाबीलाई अझ बलियो बनाइदिएको छ । जूली भन्छन्– मानिस तीन कारणले घुलमिल हुनबाट बच्न खोज्छ । कुनै मानिस लजालु स्वभावका हुन्छन् । जसकारण अन्य मानिससँग घुलमिल हुन चाहन्नन् । तर केही मान्छे पार्टी, समारोहादिमा जान चाहाँदैनन् भने अर्कोथरिका मान्छे, जो मिलनसार हुँदाहुँदै पनि एक्लै समय बिताउन मजा मान्छन् ।
जूली र उनको टिमले गरेको अनुसन्धानमा, मान्छेहरू एक्लै रहन मन पराएको पाइएको थियो । यस्तो अवस्थामा उनीहरुको क्रियटिभिटी पनि राम्रो देखिएको थियो ।
धर्ममा पनि एक्लै तप, चिन्तन–मननको सल्लाह
एक्लोपनको फाइदा बताइरहँदा हिन्दु धर्मदेखि बौद्ध धर्मसम्म यस्ता धेरै कारण छन्, जसले एक्लै बसेर तप र चिन्तन–मनन गर्ने सल्लाह दिन्छन् । खासमा एक्लै रहँदा हाम्रो दिमाख आरामको मुद्रामा आउँछ । यस्तो अवस्थामा यादलाई बलियो पार्ने र राम्रोसँग सम्झाउने काममा मस्तिष्क जुट्छ । तर, जब हामी अन्य कसैसँग हुन्छौं भने त्यहाँ हाम्रो स्वतः बाँडिन्छ । शरीर र मस्तिष्कले पनि आराम पाउँदैन ।
ग्रेगरी फिस्टको भनाइ अनुसार, जो स्वयं एक्लो रहन चाहान्छन् तिनीहरुका लागि एक्लोपन नै फाइदाजनक हुन्छ ।