Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौँ – महलाई निकै स्वस्थकर र पौष्टिक आहार मानिन्छ । डाक्टरहरु प्रायः सबैजसो रोगका लागि मह सेवन लाभदायक हुने बताउँछन् । पोषणका हिसाबले त यो अत्यन्तै उपयोगी खाद्यवस्तु हो । तर, २ वर्षमुनिका शिशुका लागि भने मह हानिकारक छ ।

महमा एक खतरनाक ब्याक्टेरिया पाइन्छ, जुन प्राणघातक रोग बोटुलिजमको कारण बन्न सक्छ । यो ब्याक्टेरियाले बयस्कलाई कुनै असर गर्न सक्दैन । तर, शिशुको नाजुक प्रतिरक्षा प्रणालीलाई भने नराम्ररी प्रभावित गर्छ, र शिशुलाई बिरामी पार्न सक्छ ।

यो ब्याक्टेरिया हरेक प्रकारको महमा रहन्छ, चाहे त्यो जुनसुकै स्रोतबाट लिइएको र जतिसुकै शुद्ध होस् । त्यसैले, दुई वर्षमुनिका शिशुलाई मह खुवाउन हुँदैन ।

त्यस्तै, माछा पनि हाम्रो स्वास्थ्यका लागि राम्रो मानिन्छ । यो हेल्दी फ्याट, प्रोटिन, भिटामिन र मिनरल्सको उत्तम स्रोत हो । तर, फाइदाका साथसाथै माछा खानुका केही बेफाइदा पनि छन् । शिशुका लागि त यो घातक नै हुन सक्छ ।

सबैजसो माछामा मर्करीको उल्लेख्य मात्रा रहन्छ । मर्करी मानव स्वास्थ्यका लागि खतरनाक धातु हो । यसले शरीरमा बायो–अकुमुलेसन हुन थाल्छ, जसबाट शरीरमा पोइजनिङको खतरा रहन्छ ।

मर्करीले सिधा स्नायु प्रणालीमा असर गर्छ । यसबाट शिशुको मानसिक विकासमा गम्भीर असर पर्छ । वयस्कमा उति असर नदेखाउने मात्राको मर्करीले पनि शिशुको विकासमा भने बाधा गर्न सक्छ । त्यसैले, साना बच्चालाई माछा खुवाउनु राम्रो होइन ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया