आइतबार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

काठमाडाैं – मोरङमा टिपरले ठक्कर दिँदा चार वर्षीया बालिकाको ज्यान गएको छ । प्रहरीका अनुसार मोरङको उर्लाबारी दक्षिण सडकखण्डमा टिपरको ठक्करले उर्लाबारी नगरपालिका-५ डुम्राहाकी चार वर्षीया राधिका मण्डलको मृत्यु भएको हो ।

ना८ख ७०५३ नम्बरको टिपरले ठक्कर दिँदा मंगलबार दिउँसो उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सडकमा पैदल हिँडिरहेकी बालिकालाई दक्षिणतर्फ जाँदै गरेको टिपरले ठक्कर दिएको थियो ।

प्रहरीले चालक रतुवामाई नगरपालिका-५ का आशिष कठेत र टिपरलाई नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया