Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडाैं – एक दशक अघिबाट उत्पादन गरेको नेपाली हातेकागजले बजार नपाउँदा नौगाड गाउँपालिका-४ सिप्टीमा स्थापना भएको जीवन ज्योति नेपाली कागज उद्योग संकटमा परेको छ ।

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै स्थापना गरिएको उद्योगले बजार नपाउँदा संकटमा परेको सञ्चालक राइमले ठगुन्नाले बताए । उनका अनुसार सडक पहुँचभन्दा टाढा रहेको उद्योगको प्रवद्र्धन नहुँदा संकटमा परेको हो । आर्थिक वर्ष ०६२÷०६३ मा स्थापना भएको उद्योगले स्थानीय उत्पादनको प्रयोग गर्दै नेपाली कागज उत्पादन गर्दै आएको छ ।

उत्पादित वस्तु मङ्हगो भएको भन्दै बिक्री भएको छैन । विगतमा लोक्ताबाट नेपाली कागज उत्पादन गर्दै आएकोमा उद्योगले यो वर्षदेखि मकैबाट कागज उत्पादन गरेको छ । झण्डै १० हजार प्रति उत्पादन गरिएको भए पनि बिक्री भने भएको छैन् ।

विगतमा गरिबी निवारण कोष, लघु उद्यम, घरेलु तथा साना उद्योग विकास समिति, अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयलगायतको सहयोगमा स्थापना गरिएको उद्योगको सामग्री बिक्री वितरणको व्यवस्थापन नहुँदा धरासायी अवस्थामा पुगेको ठगुन्ना बताउँछन् । अहिले उद्योगमा समूहका छ जनाले रोजगारी पाएका छन् । तर उत्पादन गरिएको सामग्री बिक्री नहुँदा समस्या भएको उनको गुनासो छ ।

उद्योगले मकै, गहुँ, जौ, लोक्ता र धानको पराललगायतका कच्चा पदार्थबाट कागज उत्पादन गर्ने गरेको छ । ‘नेपाली कागजलाई चाहिने कच्चा पदार्थ स्थानीयस्तरमा प्रशस्त मात्रा छ, तर बजारीकरण छैन’, स्थानीयवासी अमरसिंह ठगुन्नाले भने । यस क्षेत्रमा उत्पादन गरिएको सामग्री बिक्रीका लागि प्रवद्र्धन हुन नसक्दा रोजगारी गुम्ने अवस्थामा पुगेको ठगुन्ना बताउँछन् । ‘स्थानीय उत्पादनलाई सरकारी कार्यालयले प्रयोग गरे हाम्रो पनि रोजगारी रहन्थ्यो’, उनको भनाइ छ ।

यो वर्ष नौगाड गाउँपालिकाले उत्पादित कागज खरिद गर्ने तयारी गरे पनि प्रिन्टरले काम नगर्दा खरिद गरेन । गाउँपालिकाले हालसम्म उद्योग प्रवद्र्धनमा भने सहयोग नगरेको सञ्चालक ठगुन्नाको गुनासो छ । गतवर्ष सदरमुकाम खलंगास्थित महाकाली नगरपालिकाले ५०० प्रति नेपाली कागज खरिद गरेको थियो । अहिले गाउँमा उत्पादन गरेको नेपाली कागज प्रति रु १० मा बिक्री गर्ने गरेको उनीहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया