Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – सिटी एक्स्प्रेसको ‘लखपति एक्स्प्रेस २०७६- न यति न उति सिधै लखपति’ उपहार योजनाको पहिलो विजेता घोषणा गरिएको छ ।

मासिक ‘लक्कि ड्र’ मार्फत् बाग्लुङ निवासी हाल जापानमा काम गरिरहेका गोबिन्दबहादुर थापालाई असोज महिनाको पहिलो विजेता घोषण गरिएको हो । सिटी एक्स्प्रेस कम्प्लेक्स भवनमा कार्यक्रम गरी थापाको छोरी सिर्जना थापालाई १ लाख नगद पुरस्कार दिइएको छ ।

यो अफरको अन्त्यमा विजेताले बम्पर उपहारस्वरुप १० लाख जित्नसक्ने छन् । अफर असोज एकगते देखि मंसिर ३० गतेसम्मको लागु हुनेछ । यो अवधिभर सिटी एक्सप्रेसमार्फत् मनी ट्रान्स्फर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुने छन् ।

यस उपहार योजना अवधिमा अहिलेसम्म दैनिक उपहार योजना अन्तर्गत ६३० जनाले २०० को मोबाइल टप अप, साप्ताहिक रुपमा ८ जना विजेताले १०,००० जितिसकेका छन् । ती सबै उपहारहरु विद्युतीय लक्कीड्र मार्फत् विजेता छनोट गरिएको थियो । ***

तपाईको प्रतिक्रिया