Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडाैं – सुजुकी गाडीको बिक्री वितरण गर्दै आएको सीजी मोटोकर्पले कम्पनीको नयाँ गाडी एस–प्रेसोको बिक्री खुल्ला गरेको छ । सुरक्षालाई प्राथमिकता दिइएको गाडीमा उत्कृष्ट प्रविधियुक्त एस प्रेसो नेपाली बजारमा सार्वजनिक गरिएको हो ।

नेपालका लागि सुजुकी फोर ह्विलर तथा सीजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले बजारमा ल्याएको गाडी एसयूभीजस्तै आधुनिक र ‘बोल्ड’ डिजाइनयुक्त रहेको कम्पनीले जनाएको छ । गाडीको बोल्ड र शक्तिशाली एसयूभी ‘लुक्स’ले अरुभन्दा भिन्न देखाउँछ ।

हार्टटेक्ट प्लेटफर्मको पाँचौँ पुस्तामा यो गाडीको निर्माण गरिएको हो । यसमा ४० प्रतिशत लचिलो स्टिल प्रयोग गरिएकाले यसको बनोटलाई बलियो, सुरक्षित र कठोर बनाइदिएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।

नयाँ गाडीमा १० भन्दा बढी सुरक्षा व्यवस्था रहेको छ भने ३६ वटा सुजुकी रिटेल नेटवर्कमार्फत बिक्री वितरण हुने कम्पनीको भनाइ छ । त्यस्तै एसप्रेसोमा वेस्ट इन क्लास फिचरहरुलाई प्राथमिकता दिएको छ । सीजी माेटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले ग्राहकलाई पहिलो प्राथमिकतालाई अनशुरण गर्दै एसप्रेसो नेपाल भित्र्याएको बताए । उनले बेस्ट भ्यालु प्राइसमा बेस्ट इन डिजाइन, टेक्नोलजी र सेफ्टीयुक्त गाडी नेपाली ग्राहकसामु ल्याउँदा खुसी भएको बताए ।

यस्ता छन् फिचरहरु
नयाँ सुजुकी एसप्रेसोको डिजाइन बोल्ड र एसयूभी गुणयुक्त छ । यसको अपराइड एपिल ब्याकडोर डिजाइनका कारण एसयूभीजस्तै देखिन्छ । मोर्डन प्लस बडीको अनुपातलाई सावधानीपूर्वक डिजाइन गरिएको छ । १८० एमएम हाई ग्राउन्ड क्लियरेन्स, डोर सिल, आर १४ टायरजडित वर्गाकार ह्विल आर्कजस्ता आकर्षक डिजाइनहरु प्रयोग भएको छ ।

त्यस्तै एसप्रेसो सेग्मेन्टमै पहिलोपटक स्टेरिङ माउन्टेड अडियो एन्ड भ्वाइस कन्ट्रोल राखिएको छ। म्युजिक, इन्टरमेन्ट र नेभिगेसनको लागि स्मार्ट प्लेजडित टचस्क्रिन रहेको छ । त्यस्तै एप्पल कार प्ले वा अन्य कुनै स्मार्ट प्ले स्टुडियो एक्पकम्पेटिबल समेत जडान गरिएको छ। सेफ्टीतर्फ पनि उत्तिकै ध्यान दिइएको छ । यसमा डुअल एयरब्याग, ईबीडी, एबीएस, प्रि टेन्सनर, फोर्स लिमिटर, सिट बेल्ट, रियर पार्किङ सिस्टम, हाइ स्पिड वार्निङ एलर्ट, रिभर्स पार्किङ सेन्सरलगायतका सुरक्षा फिचर छन् ।

यो गाडी ३५६५ एमएम लामो, १५६४ एमए उचाइ र १५२० एमएम चौडाइको रहेको छ । २३८० एमएमको ह्विलबेस तथा २१.७ केएमपीएल इन्धन पर्याप्तता, सोलिड सिजलओरेन्ज, पर्ल स्टेरी ब्लु, सुपेरियर ह्वाइट, सोलिड फायर रड मेटालिक ग्रेनाइट ग्रे र मेटालिक सिल्की सिल्भर कलर रेन्जहरु रहेका छन् । गाडीको म्याक्सिमम टर्क ३५ सय आरपीएममा ९० एनएम तथा म्याक्सिमम पावर ५५ सय आरपीएममा ५० किलोवाट रहेको छ ।

चार भेरिएन्टमा उपलब्ध यो गाडीको स्ट्यान्डर्डको मूल्य २२ लाख ९९ हजार, एलएक्सआईको २३ लाख ९९ हजार, भीएक्सआई २४ लाख ९९ हजार र भीएक्सआई प्लसको मूल्य २५ लाख ४९ हजार रुपैयाँ रहेको छ।

तपाईको प्रतिक्रिया