Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

टोकियो – दसैँमा आइएमईको डबलको डबलको डबल अफरअन्तर्गत दोस्रो महिनाको विजेता सेवाग्राही निरञ्जन रूम्बा घोषित भएका छन् । आइएमईको सिस्टममा आधारित ‘लक्की ड्र’मार्फत् रूम्बा विजेता घोषित भएका हुन् ।

रूम्बाले जापानबाट अफर अवधिमा आइएमईमार्फत् नेपालमा रहेका आफन्तलाई पैसा पठाएका थिए । आइएमईको दसैँ अफरअन्तर्गत सेवाग्राही रूम्बाले आफूले पठाएको रकमको चारगुणा बढी रकम प्राप्त गरेका छन् । रूम्बाले क्योदाई आइएमईमार्फत पचास हजार नेपालमा पैसा पठाएका थिए । उनले उक्त रकमको ४ गुणा हुन आउने दुई लाख जितेका हुन् ।

आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर सार्वजनिक गरेको छ । उक्त अफर २०७६ साल भदौ १५ गतेदेखि कार्तिक मसान्त (तद्नुसार सेप्टेम्बर १ देखि नोभेम्बर १६, २०१९) कूल ७७ दिनसम्म कायम रहनेछ ।

अफर अनुसार हरेक दिन आइएमई पे मार्फत पैसा पठाउने हरेक भाग्यशाली सेवाग्राहीहरुलाई आइएमई पे वालेटमा डबल रिवार्ड प्वाइन्ट, हरेक हप्ता दुई (२) जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई (२) जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक (१) जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिनेछ ।

तपाईको प्रतिक्रिया