Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

टाेकियाे – जापानमा एउटा हिउँ गंगटा ४६ हजार अमेरिकी डलरमा बिक्री भएको छ ।

जापानको टोटरीमा गत नोभेम्बर ७ मा भएको बोलाबोलमा फाइभ साइनिङ स्टार नामको हिउँ गंगटा किर्तिमानी मूल्यमा विक्री भएको सीएनएनले जनाएको छ । उक्त गंगटा १.२ केजी, १४.६ सेन्टीमिटर लामो र ५.७४ चौडाइको भएको जनाइएको छ ।

यसअघि जापानमै गतवर्ष एक गंगटा १८ हजार अमेरिकी डलरमा बिक्री भएको थियो । त्यसबेला सबैभन्दा महँगो मूल्यको गंगटाको रुपमा त्यो गिनिस बुक अफ रेकर्ड्समा लेखिएको थियो । यतिबेला उक्त किर्तिमानी भंग भएको छ ।

तपाईको प्रतिक्रिया