Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – नेपाल एयरलाइन्सको बुधबारका लागि निर्धारित मलेसियाको क्वालालम्पुर-काठमाडौं उडान रद्द भएको छ । थोरै यात्रु भएपछि उडान रद्द गरिएको एयरलाइन्सका अधिकारीहरुले यात्रुलाई जानकारी गराएका छन् ।

मलेसियाको स्थानीय समयअनुसार बिहान ६:१५ बजे उडान तोकिएको थियो । तर यात्रु थोरै भएको भन्दै रद्द भएको अधिकारीहरूले जानकारी दिएको यात्रुहरुले बताएका छन् । एयरलाइन्सले १५६ सिटको एयरबस ए३२० जहाजबाट यो रुटमा उडान गरिरहेको छ। आजको उक्त उडानका लागि २९ जना यात्रुको बोर्डिङ पास भएको थियो ।

थोरै यात्रु भएको भन्दै उडान रद्द गरेको एयरलाइन्सले २९ जना यात्रुलाई त्यहाँको होटलमा राखेको छ । यसका लागि एयरलाइन्सले २९ कोठा बुक गरेको छ । काउन्टरका अधिकारीहरूले भोलि बिहान उडान हुने जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया