Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र सफ्टवेयर ह्याक भएको छ।

ह्याकर समूहले अस्पतालको सम्पूर्ण सफ्ट्वयर ह्याकिङ गरेका हुन्। केही दिनदेखि अस्पतालको सिस्टम ह्याक भए पनि अस्पताल प्रशासनले भने ह्याकिङ भएको जानकारी गोप्य राखेको छ।

ह्याकर समूहले अस्पताल प्रशासनलाई विभिन्न माध्यमबाट सम्पर्क गरेर केही रकमसमेत मागेका छन्। समूहले क्रिप्टो करेन्सीमा रकम मागेका छन्।

‘उनीहरुले क्रिप्टो करेन्सीमा पैसा दिन भनेका छन्। नत्र सबै जानकारी लिक गराउने धम्की दिइरहेका छन्,’ अस्पताल स्रोतले भन्यो।

ह्याकरले १५ लाख रुपैयाँभन्दा बढी रकम मागेको खुलेको छ। रकम नदिए अस्पतालसँग सम्बन्धित सम्पूर्ण सूचना सार्वजनिक गर्ने ह्याकर समूहले धम्की दिइएको छ।

 

तपाईको प्रतिक्रिया