Deneme Bonusu Veren Siteler
सोमबार, माघ १४, २०८१
Monday, January 27, 2025

काठमाडाैं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको टी-२० वरियतामा राष्ट्रिय टोलीका बलरहरु सन्दीप लामिछाने, करण केसी र अविनाश बोहरा समावेश भएका छन् । नेपाली बलरहरुमा सन्दीप शीर्ष स्थानमा छन् । वरियताको बलिङतर्फ सन्दीप ६४औँ स्थानमा रहेका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सन्दीपले ४२२ रेटिङ अङ्क पाएका छन् । यस्तै ३७७ रेटिङ अङ्क पाएका करण ८३औँ स्थानमा छन् । ३५२ रेटिङ अङ्क पाएका अविनाश १००औँ स्थानमा छन् । त्यस्तै बलिङतर्फ सोमपाल ४०८ रेटिङ अङ्कसहित ६८औँ स्थानमा छन् । ३८६ रेटिङ अङ्क पाएका वसन्त ९०औँ स्थानमा झरेका छन् । अलराउन्डर वरियतातर्फ कप्तान पारस २४औँ स्थानमा उक्लिएका छन् ।

कप्तान खड्काले १०८ रेटिङ अङ्क पाएका छन् । अलराउन्डरतर्फ ५९ रेटिङ अङ्क पाएका नेपालका सोमपाल कामी ६२औँ स्थानमा यथावत् रहेका छन् । अलराउन्डतर्फ करण ४२ रेटिङ अङ्कसहित ८२औँ स्थानमा छन् । ब्याटिङतर्फ कप्तान खड्काले ठूलो फड्को मारेका छन् । कप्तान पारस ४५औँ स्थानमा उक्लिएका छन् । ४६६ रेटिङ अङ्क पाएका कप्तान पारस अघिल्लो पटक ६६औँ स्थानमा रहेका थिए । पारसले यसै महिना सिंगापुरविरुद्ध शतक प्रहार गरेका थिए ।

तपाईको प्रतिक्रिया