सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

टोकियो – नावालक शिशुको जन्म दिई हत्या गरेको आशंकामा १९ वर्षिय स्थानीय युवतीलाई इवाते प्रिफेक्चर प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।
प्रहरीलाई उद्धृत गर्दै सान्केइ शिम्बुनले जनाएअनुसार इवाते प्रिफेक्चरको याहाबाचो निवासी ती युवतीले गत मे १ का दिन बिहान साढे सात बजे शौचालयमा जन्मिएको बालकलाई झ्यालबाट बाहिर फ्याँकेकी थिईन् । घटनाका बेला घरमा ती युवतीकी आमा मात्र रहेकी र उनले आफ्नी छोरीको एक्कासी बगिरहेको रगत नरोकिएको भन्दै एम्बुलेन्स बोलाएर अस्पताल पठाएकी थिईन् । तर उनले बच्चा जन्मिएको भने थाहा नपाएको तर सोही दिन घरबाहिर बच्चा भेटिएपछि तुरुन्त अस्पताल पुर्‍याएको र अस्पतालका स्टाफहरुले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीकाअनुसार अस्पताल पुर्‍याईएको बच्चा सालनालसहित रहेको र तौल ३ किलोग्रामको थियो । बच्चाको टाउकोमा चोट लागेको थियो, जसका कारण बच्चाको मृत्यू भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।***

तपाईको प्रतिक्रिया