सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

टोकियो – जापानतर्फ अघि बढिरहेको सुपर-टाइफुनले टोकियो र आसपासका क्षेत्रमा ठूलो क्षति पु-याउन सक्ने भन्दै सतर्क रहन आग्रह गरिएको छ । ‘हगिविस’ नाम दिइएको सुपर-टाइफुन विगत पश्चिमी प्रशान्त महासागरमा सक्रिय छ । मौसमविदका अनुसार शनिबार यो टाइफुन जापान पुग्नेछ । प्रशान्त महासागर क्षेत्रमा आउने समुन्द्री आँधीलाई टाइफुन भनिन्छ र अत्यन्त शक्तिशाली टाइफुनलाई सुपर-टाइफुन भनिन्छ ।

शुक्रबार साँझ जापान प्रवेश गर्ने यो टाइफुनले राजधानी टोकियो र आसपासका क्षेत्रहरु नागोया, ओसाका, उचुनोमियालगायतका क्षेत्रमा बढी प्रभाव पर्नेछ । टाइफुनले निम्त्याउन सक्ने सम्भावित खतरालाई मध्यनजर गर्दै शनिबार र आइतबार टोकियोसहितका क्षेत्रमा रेल र हवाई सेवा बन्द गरिने भएको छ । प्रमुख रेल कम्पनी जेआर ईष्टले अनौपचारिक जानकारी सार्वजनिक गर्दै शनिबार र आइतबार सबैखाले रेल सेवा बन्द गरिएको बताएको हो भने निप्पन एयरवेज हनेडा र नरिता एयरपोर्टबाट हुने आन्तरिक र वाह्य उडानहरू रद्द गर्ने जनाएको छ । जापान एयरलाइन्सले पनि शनिबार आफ्नो धेरै उडान रद्द गर्ने निर्णय गरेको छ ।

टोकियोतर्फ अघि बढिरहेको ताइफुनले बिहिबारबाट ओगासावारा द्धिपमा भारी वर्षासहितको हावाहुरीले वितण्डा मच्चाउन सुरु गरेको जापानी समाचार संस्गा एनएचके टेलिभिजनले जनाएको छ । जापानको राष्ट्रिय पर्यटन संगठनले सूचना जारी गर्दै शुक्रबार रातीबाट आइतबारसम्म जापान भ्रमणमा रहेका पर्यटकलाई सजकता अपनाउन आग्रह गरेको छ । जापानमा यस अघि अघिल्लो महिनै नै फाक्सिाया नामको टाइफुन आएको थियो । त्यसमा परेर तीन जनाको मृत्यु भएको थियो भने ७ अर्ब डलर धनमालको क्षति भएको थियो ।

तपाईको प्रतिक्रिया