आइतबार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

काठमाडौं – नेपाल चलचित्र कलाकार संघको शनिबार सम्पन्न १७ औं साधारण सभाबाट नयाँ कार्यसमिति चयन भएको छ। अध्यक्ष पदमा रविन्द्र खड्का विजयी भएका छन् ।उनले सरिता लामिछानेलाई ५७ मतले पराजित गर्दै संस्थापक अध्यक्ष समेत रहेका खड्का विजयी भएका हुन् ।

खड्काको पक्षमा २ सय १८ मत परेको थियो भने लामिछानेको पक्षमा १ सय ६१ मत परेको थियो । दुई उपाध्यक्षमा रेजिना उप्रेतीले २ सय ४३ मत ल्याइन् भने अर्का उपाध्यक्ष सानुकुमार ताम्राकारले १ सय ७५ मत ल्याएका छन् । यस्तै महासचिवमा चेतबहादुर सिंह राजा १ सय ८७ मतले निर्वाचित हुँदा उनका प्रतिद्वन्दी सञ्जय खतिवडाले १ सय ५६ मत ल्याएका छन् ।

सचिव पदमा पनाह अधिकारी १ सय ९४ विजयी हुँदा प्रतिद्वन्द्वी कविता गेलाल शर्माको पक्षमा १ सय ६९ मत परेको छ। यस्तै सह–कोषाध्यक्ष पदमा अभिनेत्री पवित्रा आचार्य निर्वाचित भएकी छन् । कोषाध्यक्षमा भने यसअघि नै सुनिल कटुवाल निर्विरोध चयन भइसकेका छन् ।

पदाधिकारी तर्फ उपाध्यक्ष निर्वाचित सानुकुमार ताम्राकार बाहेक सबै खड्का प्यानलका बिजयी भएका छन् । त्यस्तै १० जना निर्वाचित सदस्यतर्फ शितल केसी, जयकिशन बस्नेत, गोपाल नेपाल, शारदा नेपाल, उद्धव भट्टराई, जीवन थापा, धर्मानन्द आचार्य, धनराज केसी, रोहित रुम्बा र पवनप्रसाद खतिवडा विजयी भएका छन् ।कलाकार संघको चुनाबमा कलाकारिता भन्दा पनि राजनीतिक चलखेल बढी हुँदा यो पटक संघको निर्वाचन निकै रोचक बनेको बताईएको छ। ***

तपाईको प्रतिक्रिया