सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

टोकियो –  अर्घाखाँची समाज जापानले मृगौला रोगी मर्साइको उपचारको लागि १ लाख ९ हजार १ सय जापानी एन आर्थिक सहयोग गरेको छ ।

अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका वाड न. ७ नुवाकोट बरबास निवासी ३९ वर्षिय जीवन मर्साइलाई मृगौलाको उपचारको लागि आर्थिक सहयोग गरेको हो ।

मर्साइ बिगत १२ वर्ष देखि करेन्ट लागेर अपाङ्ग बन्दै आएका र अहिले दुवै मृगौलामा समेत समस्या देखिएको परिवारले जनाएको छ ।

उपचारका क्रममा अस्पताल पुग्दा दुवै मृगौलामा सङक्रमण र पत्थरीको समस्या देखिएकोले चिकित्सकले शल्यक्रिया गर्न सुझाव दिएको परिवारीक श्रोतले बताएको छ ।

आर्थिक अवस्था कमजोर र लामो समयदेखि करेन्टबाट पिडीत बनी हिडडुल गर्न समेत नसक्ने अवस्थामा रहेका मर्साइको मृगौलाको उपचारमा ठुलो धनराशी खर्च हुने देखिएपछि परिवारले सहयोगका लागि अपिल गरेको थियो ।

चितवनको भरतपुर सिटी अस्पतालमा उपचाररथ मर्साइको उपचारमा सहयोग पुर्याउने उद्देश्यले अर्घाखाँची समाज जापानका सदस्य र जापानमा रहेका अर्घाखाँचीबासी बीच सहयोगको अभियान संचालन गरि रकम संकलन गरेको समाजका अध्यक्ष नेत्र बिष्टले जानकारी दिनुभयो ।

उक्त सहयोग अभियानबाट संकलित १ लाख ९ हज़ार १ सय जापानी एन संस्थाका संरक्षक ज्योतिष घर्ती मगर र अध्यक्ष बिस्टले संयुक्त रूपमा फोरेक्स जापानको शिनोकोबु शाखा बाट अर्घाखाचीका पत्रकार सहयोगी बिशी मार्फत मर्साइलाई हस्तान्तरण गरेको अध्यक्ष बिस्टले जानकारी दिनुभयो ।

समाजले बिरामी मर्साइको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आर्थिक अभियानमा सहयोग पुर्याउने सबैप्रती धन्यवाद समेत दिनुभएको छ । मर्साइकी श्रीमती र ३ छोरी समेत रहेका छन् ।

तपाईको प्रतिक्रिया