सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

टोकियो – जापानको यातायात मन्त्रालयले टोकियो सव-वे स्टेशनहरुमा सुरक्षा संयन्त्रलाई थप बलियो बनाउन आगामी महिना यात्रुको शरीर स्क्यानिङ परिक्षण गरिने भएको छ । गत वर्ष बुलेट ट्रेनमा भएको आक्रमणकारी घटनालाई मध्यनजर राख्दै यस्तो सुरक्षा नीति परिक्षण गर्न लागेको हो ।

यो परीक्षण सर्बप्रथम टोकियो मेट्रोलाइनको अत्यधिक ब्यस्त मानिने खासुमिगासेकी स्टेशनमा प्रयोग गरिने छ । मार्चको ४ र ७ तारिख दुबै दिन उक्त स्टेशनको केही गेटमा व्यस्त समयका ७ घण्टा सो परिक्षण गरिने भूमि, भौतिक पूर्वाधार, यातायात तथा पर्यटन मन्त्रालयले जनाएको छ ।

पछिल्ला वर्षहरुमा सार्बजनिक यातायातको क्षेत्रमा घटेको घटनालाई मध्यनजर राखी सुरक्षा संयन्त्रलाई थप बलियो बनाउन जापान सरकारले यस्तो उपाय अवलम्बन गरेको हो । अर्को वर्ष टोकियोमा हुने ओलम्पिक तथा प्याराओलम्पिकको समयमा सुरक्षाको प्रत्याभूति दिलाउन जापानले पूर्वतयारी थालेको हो ।

दैनिक करीव १ लाख ५० हजार यात्रुहरूले प्रयोग गर्ने खासुमीगासेकी स्टेशनमा परिक्षण गर्न लागिएको यात्रु स्क्यानिङमा भाग लिन नचाहने यात्रुहरुले अन्य गेटको प्रयोग गर्न सकिने बताईएको छ । मन्त्रालयका अनुसार स्क्यानिङ प्रक्रियामा यात्रुहरूलाई अतिरिक्त सामान जाँच गराउने झन्झट भने हुने छैन ।

सुरक्षा संयन्त्रका संभावित अरु उपायहरुका बारेमा पनि हामी अभ्यास थालेका छौ, पहिलो परिक्षणका रुपमा यात्रु स्क्यानिङलाई लिएका छौं, परिक्षणबाट उपयुक्त लागेको कुनै एक तरिकालाई अवलम्बन गरिने छ, मन्त्रालयका एक अधिकारीले भने ।

सो स्क्यानिङ परीक्षणमा यात्रुको प्रवाहमा कुनै बाधा नहुने गरी चक्कु तथा अन्य विस्फोटक पदार्थ पत्ता लगाउन प्रयास गरिने छ । मन्त्रालयले रेल सेवा प्रणालीको सुरक्षा मापदण्डलाई थप कडा बनाउन लागेको र जसअनुसार आगामी अप्रिलदेखि खुल्ला चक्कु लिएर यात्रा गर्न बन्देज लगाउने भएको छ ।***

तपाईको प्रतिक्रिया