शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

टोकियो – नवलपुर समाज जापानको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । समाजका अध्यक्ष सागरप्रसाद कंडेलको सभापतित्वमा भएको साधारणसभा विहिबार सकिएको हो ।

साधारणसभाले १ सय ५० भन्दा बढी आजीवन सदस्यलाई प्रमाणपत्र वितरण गरेको छ । यसअघि समाजको बैठकले आजीवन सदस्यता प्रणाली सुरु गरेको थियो । उक्त बैठकले २ मानमाथि सहयोग गर्नेलाई समाजको आजीवन सदस्य बनाउने निर्णय गरेको थियो । एनआरएनए जापान वरिष्ठ उपाध्यक्ष देवीलाल भण्डारी प्रमुख अतिथी रहनुभएको कार्यक्रममा समाजसेवी डीपी कंडेल विशिष्ट अतिथी रहनु भएको थियो भने बाग्लुङ समाज जापानका कार्यवाहक अध्यक्ष प्रेमप्रसाद कंडेल, उद्योग व्यवसायी संघ जापानका महासचिव पुस्करजंग थापा, परासी समाज जापानका अध्यक्ष जीवन क्षेत्री, नवलपुर समाज जापान ओसाकाका क्षेत्रीय अध्यक्ष मुक्तिराम खरेल, नागोया क्षेत्रीय अध्यक्ष अर्जुन खरेललगायत अतिथीको रुपमा रहेको भएको थियो ।

साधारणसभाका प्रमुख अतिथी एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष देवीलाल भण्डारीले समाजको प्रसंशा गर्नुभयो । साथै उहाँले आफू अन्य क्षेत्रको भए पनि समाजको आजीवन सदस्यता लिने घोषणा गर्नुभएको थियो । यस्तै समाजका अध्यक्ष सागरप्रसाद कंडेलले समाजका भावी योजनाहरुबारे जानकारी दिनुभएको थियो । सो क्रममा उहाँले समाजलाई आर्थिक रुपमा बलियो बनाउन ५० लाखको अक्षय स्थापना गरिने बताउनु भएको छ ।मन्तव्य राख्दै अन्य अतिथीहरुले समेत समाजको प्रगतीका लागि शुभकामना दिनुभएको थियो । साधारणसभामा समाजका काषाध्यक्ष प्रेस कंडेलले आयव्यय र समाजका गतिविधि प्रस्तुत गर्नुभएको थियो । समाजका उपाध्यक्ष तिलक सापकोटाको स्वागत मन्तव्यबाट सुरु भएको साधारणसभाको सञ्चालन प्रवत्ता सुरेश सापकोटाले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया