Deneme Bonusu Veren Siteler
सोमबार, माघ १४, २०८१
Monday, January 27, 2025

काठमाडाैं – चिनियाँ रोबोटिक अन्तरिक्ष यान चेन्ज-४ ले चन्द्रमाको पृथ्वीबाट नदेखिने भाग (डार्क साइड)मा कपासका टुसा उमारेको छ । तर, बाह्य चिसो खप्न नसकेर ती टुसा मरेका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यसअघि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा बोटबिरुवा उमार्ने गरिएको थियो । चन्द्रमामा भने बिरुवा उमारिएको यो पहिलो पटक हो । माइनस १७३ देखि १०० डिग्री सेल्सियससम्म उतारचढाव भइरहने चन्द्रमाको सतहको तापक्रम बिरुवा हुर्किन उपयुक्त हुने अवस्थामा कायम राख्नु वैज्ञानिकहरूका लागि सबैभन्दा ठूलो चुनौती हो । साउथ चाइना मर्निङ पोस्टका अनुसार कपासका साथमा तोरी र आलुका बिरुवा पनि उमारिएको छ । यो प्रयोगलाई अन्तरिक्ष अन्वेषण अभियानमा उल्लेखनीय कदम मानिएको छ ।

चन्द्रमाको ‘डार्क साइड’मा उत्रिने पहिलो यान हो चेन्ज-४, जुन ३ जनवरीमा अवतरण भएको थियो । त्यस भागको भौगोलिक अनुसन्धान गर्ने उपकरणहरू यानले लिएर गएको छ । चन्द्रमाको सतहमा बिरुवा उमार्न र बचाउन वैज्ञानिकहरूले गरिरहेको प्रयास भविष्यमा मंगल ग्रहमा मानवसहितको यान पठाउने योजनाका रूपमा व्याख्या गरिएको छ । लामो समयका त्यस्ता अन्तरिक्ष अभियानमा जाने व्यक्तिहरूले त्यहीं खानेकुरा उमारेर खान सक्ने विश्वासमा वैज्ञानिकहरू देखिन्छन् ।

चन्द्रमामा बिरुवा उमार्न यानमा बाहिरबाट केही पनि पस्न नसक्ने गरी बन्द गरिएको सिसाको भाँडोमा बीउ राखिएको थियो । उम्रिएका बिरुवाले भाँडोभित्र आफैं सूक्ष्म जैविक मण्डलको सिर्जना गर्ने र कृत्रिम वातावरणमा हुर्किने वैज्ञानिकहरूको विश्वास थियो । १८ सेन्टिमिटर उचाइ र ३ किलो तौलको कृत्रिम जैविक मण्डल सिर्जना हुने भाँडोको डिजाइन चीनका २८ वटा विश्वविद्यालयहरूले संयुक्त रूपमा तयार पारेका थिए । उक्त प्रयोगात्मक भाँडामा सूक्ष्म जीवाणुहरूलाई हुर्किन आवश्यक हावा, पानी र पोषण उपलब्ध छ ।

तपाईको प्रतिक्रिया