Deneme Bonusu Veren Siteler
सोमबार, माघ १४, २०८१
Monday, January 27, 2025

काठमाडाैं – भारतले सन् २०२२ सम्ममा ३ जना यात्रीसहितको अन्तरिक्ष यान पठाउने भएको छ । केन्द्र सरकारको मन्त्रिपरिषद्ले त्यसका लागि १० हजार करोड भारतीय रुपैयाँको बजेट स्वीकृत गरेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उक्त अन्तरिक्ष अभियानको नाम ‘गगनयान’ दिइएको छ । मिसनमा पठाइने ३ वैज्ञानिकले सात दिनसम्म अन्तरिक्षमा बिताउनेछन् । ‘गगनयान’ परियोजना सफल भएमा भारत अन्तरिक्षमा मानिस पठाउने चौथो मुलुक बन्‍नेछ । यसअघि रुस, अमेरिका र चीनले मानवसहितको मिसन अन्तरिक्षमा पठाइसकेका छन् ।

विज्ञान मामिलाका जानकार पल्लव बागलाको भनाइमा भारतीय अन्तरिक्ष एजेन्सी इसरोका लागि यो धेरै ठूलो उपलब्धी हुनेछ । आफूले इसरोका अध्यक्षसँग यसबारे कुराकानी गरेको बताउँदै बागलाले भने, “पछिल्लो एक दशकको इसरोको प्रयास सफलता उन्मुख देखिएको छ ।”

अन्तरिक्षमा जानका लागि भारतीय वायुसेनाका पाइलटहरूलाई प्राथमिकता दिइने इसरोको भनाइ छ । सोही प्रकारको तालिम प्राप्त भएकाले वायुसेनाका पाइलटहरू यसका लागि उपयुक्त हुने इसरोले जनाएको छ ।

उक्त अन्तरिक्ष मिसनको घोषणा प्रधानमन्त्री नरेन्द्र मोदीले १५ अगष्ट २०१७ मा गरेका थिए । इसरोका अध्यक्ष डा. के सिवानका अनुसार सोही मिसनलाई सफल बनाउन गत नोभेम्बरमा जीएसएलबी मार्क घडी-२ नाम दिइएको रकेट प्रक्षेपण गरिएको हो । -बीबीसी हिन्दीबाट

तपाईको प्रतिक्रिया