आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टाेकियाे– नेपाली लोकसांगीतिक क्षेत्रमा बिगतका केही बर्षदेखि सक्रिय रहँदै आएका विशेषत शब्द सिर्जनाबाट आफ्नो पहिचान बनाएका सर्जक हुन दिपक कडेल ।

हालसम्म करिब ३ दर्जन गीतमा आफ्ना सिर्जना दिएका कडेलले सिर्जनाको अलावा केही म्युजिक भिडियोमा अभिनय र निर्देशन समेत गरेका छ्न् । बागलुङको बिहुमा जन्मिएका दिपक हाल जापान मा कार्यरत छ्न् । परदेशमै रहेर पनि नेपाली गीत संगीत प्रतिको उनको लगाव र मेहनत उत्तिकै देखिन्छ ।

जहाँ इच्छा त्यहाँ उपाए भनेजस्तै १२ घण्टा काम गरेरै पनि गीतसंगीतको यात्रालाई निरन्तर अगाडि बढाइरहेका दिपकको शब्द सिर्जना, अभिनय र निर्देशनमा भर्खरै मात्र ‘फोटो हेरेर’ बाेलकाे गीत सार्बजनिक भएको छ ।

जसमा दिपक र गउरादेवी सापकोटाको अभिनय रहेको छ । सचिन चन्दको स्वर, युवराज आचार्यको लय सिर्जनामा रहेको गीतको म्युजिक भिडियो छायांकन तथा सम्पादन गोबिन्द बिष्टले गरेका छन्  ।

https://www.youtube.com/watch?v=FSUF7XwK0BM

तपाईको प्रतिक्रिया