काठमाडौं – गायक तथा संगीतकार रामकृष्ण बम मल्लले जापानमा आयोजित एकल साँझ कार्यक्रमबाट संकलित रकम कलाकार कल्याणकारी कोषलाई दिनुभएको छ ।
कार्यक्रमबाट संकलित ५ लाख रुपैया एकल साँझ कार्यक्रमका संयोजक डि पि कँडेलले कल्याणकारी कोषका अध्यक्ष तथा प्रतिष्ठानका पुर्व अध्यक्ष दुर्गा रायमाझीलाई हस्तान्तरण गरिएको हो ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कलाकार कल्याणकारी कोषको सहयोगार्थ अक्टोवर २ तारिक जापानमा गायक तथा संगीतकार रामकृष्ण बम मल्ल एकल साँझ २०१८ को आयोजना गरिएको थियो ।
यसअघि, केहि दिन अगाडी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युरोप शाखा द्वारा रु ५ लाख ८१ हजार ५ सय सहयोग रकम प्राप्त भएको थियो ।
युरोप साखाका उपाध्यक्ष नवीन भट्टराई , सहकोषाधक्ष शम्भु शिलवाल, सदस्य रुक्मिणी भट्टराई को उपस्थिति मा प्रतिष्ठानको केन्द्रीय कार्यालय सामाखुसी मा अध्यक्ष बद्री पंगेनी ,पुर्व केन्द्रिय अध्यक्ष साथै कलाकार कल्याणकारी कोष का अध्यक्ष दुर्गा रायमाझी, निर्वतमान केन्द्रिय अध्यक्ष चन्द्र शर्मा, लगाएत अन्य कार्यसमितिलाई पाच लाख एकासी हजार पाच सय हस्तान्तरण गर्नु भएको हो ।
यो वर्ष कलाकार कल्याणकारी कोष मा एक करोड पुर्याउने लक्ष्य लाई साथ दिदै युरोप शाखा कि अध्यक्ष सुमी घिमिरे सापकोटा ,उपाध्यक्ष नवीन भट्टराई लगायत युरोप शाखा का सबै कार्यसमिति लाई कल्याणकारी कोषका अध्यक्ष रायमाझीले धन्यबाद समेत दिनुभएको छ ।