मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

टोकियो – नेपाल मगर संघ जापान कान्तोको तिहार शुभकामना तथा देउसी भैलो कार्यक्रम २०७५ सम्पन्न भएको छ । क्षेत्रीय समिति कान्तोले आयोजना गरेको तिहार शुभकामना तथा देउसी भैलो कार्यक्रम शनिबार टोकियोस्थित रोयल गार्डेनको हलमा सम्पन्न भएको हो ।

नेपालीहरूको दोस्रो ठूलो चाड तिहार शुक्रबार भाईटिकापछि समापन भए पनि प्रवासको समयलाई मध्यनजर गर्दै नेपाल मगर संघ जापान कान्तोले शनिबार एकआपसमा भेंटघाट गरी शुभकामना आदानप्रदान तथा देउसी भैलो कार्यक्रम सम्पन्न गरेको हो ।

नेपाल मगर संघ जापान केन्द्रीय समिति अध्यक्ष नवीन थापा मगर प्रमुख अतिथि रहनुभएको सो कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ जापानका महासचिव शान्तकुमार पहरी, किराया जापानका अध्यक्ष राजकुमार राई, नेपाल मगर संघ जापानका सल्लाहकार संरक्षकको अतिथि रहनु भएको थियो । संस्थाका अध्यक्ष रीत राना मगरको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा देउसीभैलो र नाचगानसमेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया