Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौं – प्रदेशी गायक सुर्य खड्काका गीत एकपछि अर्को गर्दै बजारमा आउने क्रम जारी छ । लोकदोहोरी गीत, तीज गीत एकपछि अर्को गर्दै बजारमा ल्याएर दर्शक स्रोताको मन जितेका खड्काले हिन्दुहरुको महान पर्व बडा दसैंको अवसर पारेर रित्तो काख बोलको गीत बजारमा ल्याएका छन् । जुन गीतले धेरैको मन छुन सफल भएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

रोजगारीको शिलशीलामा जापानमा रहेका खड्काले नेपाली गीत संगीतले विदेशी भूमी बाटै न्याय दिईरहेका छन् । एकपछि अर्को सफल गीत दर्शक स्रोता सामु पस्केर । शिब अखेलीको शब्द रचनामा सुर्य खड्का र निर्मल क्षेत्रीको गीत रित्तो काख केही दिन अघि मात्र बजारमा आएको हो ।

जसमा सुर्य खड्का निर्मल क्षेत्री र रिना केसीको आवाज रहेको छ । दुर्गा पौडेलको निर्देशनमा तयार भएको गीतमा रमा थपलिया, महेन्द्र गौतम, विपेश घिमिरे र शंकर केसीको दर्दनाक अभिनय रहेको छ । बिनोद बाजुरालीले एरेन्ज गरेको गीतलाई एकता फिल्मसले बजार व्यवस्थापन गरेको छ ।

गीत गायक खड्काको युटुब च्यानलबाट बजारमा आएको हो । गीतमा गरीबीको बाध्यताले विदेशीनेहरुको पिडालाई देखाउन खोजिएको छ । घरमा एक छाक खान र एक सरो लगाउन पनि धौं धौं परेपछि बाबु आमाका मुटुका टुक्रा दुई छोरा धन कमाउने र बाबुआमालाई सुख दिने भनेर विदेशीएका हुन्छन् र काम गर्दै गर्दा लडेर दुवै भाईको प्रदेशमा ज्यान जान्छ अनि बाबु आमाको काख रित्तीएको लगायत यस्तै धेरै कुरा गीतको माध्यमबाट देखाउन खोजिएको छ ।

गीत बजारमा आएको थोरै समयमा युटुबको ट्रेन्डिङ नम्बर ३६ मा परेको छ । यो समाचार तयार पार्दासम्म करिब ८० हजारले यो गीतलाई हेरेका छन् । गीतलाई लिएर धेरै राम्रा प्रतिक्रियाहरु आईरहेका छन् । विशेष गरेर मोडलद्धय विमेश र महेन्द्रको अभिनयको धेरै नै प्रशंसा गरिएको छ ।

गीतले अझैं दर्शक स्रोताको मन जित्न सफल होस, समुद्रपारि डटकमको तर्फबाट शुभकामना ।

तपाईको प्रतिक्रिया