आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – यदि तपाँइ पनि नेपाली लेखनमा ह्रस्व दीर्घमा झुक्किने गर्नुभएको छ भने तपाँइका लागि तीज गीत नै तयार पारिएको छ ।

नेपाली व्याकरण शिर्षकमा सार्वजनिक भएको गीतलाई नेपाली भाषाका शिक्षक विमल घिमिरेले तयार पारेका हुन् । एआइए स्कुल शंखमुलका प्रवन्ध निर्देशक समेत रहेका घिमिरेको परिकल्पना र शब्द, राजकुमार घिमिरेको लय अनि शारदा पराजुलीको आवाजमा तयार गीतमा ह्रस्व दीर्घका नियमलाई लयबद्ध ढंगले प्रस्तुत गरिएको छ ।

प्राथमिक देखि उच्च शिक्षा लिइरहेका समेतका लागि उपयोगी गीतलाई तीजको भाकामा तयार गरिएको छ भने भिडियोको छायांकन स्कुल परिसरमै गरिएको छ ।

तपाईको प्रतिक्रिया