सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

काठमाडौं –  ‘मेरी बास्सै’का दुई कलाकारहरुको अभिनय रहेको तीजको गीत सार्वजनिक भएको छ ।

‘माईतीको भाइलाई’ बोलको गीतमा हाँस्य टेलिश्रृंखला ‘मेरी बास्सै’का लेखान्त भुषाल उर्फ ‘घिरौँले’ र दिवाकर भण्डारी उर्फ ‘सापटी काका’ को पनि अभिनय रहेको छ । उनीहरुले भिडियोमा गज्जबले हसाँएका छन् ।

बिष्णु कार्की, दिवाकर भण्डारी र सिता क्षेत्रीको शब्द तथा स्वर रहेको गीतमा गायक भण्डारीकै संगीत छ । दिवाकर र लेखान्तको निर्देशनमा बनेको भिडियोलाई दीपक मन उदासले खिचेका हुन् ।

भने उदास भिडियो मिक्सिङ सेन्टर पोखराले भिडियो सम्पादन गरेको हो । रामसार मिडिया प्रा. लि. को युट्युब च्यानलबाट अपलोड गरिएको गीतको भिडियो पोखरामा छायांकन भएको हो । ***

तपाईको प्रतिक्रिया