सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

टोकियो – जापानलाई कर्मथलो बनाउँदै आएका गायक सुर्य खड्काको यो वर्षको मौलिक तीज गीत “घमण्डी बुढा” बजारमा आएको छ । खड्काको शब्द तथा गायिका राधिका सापकोटाको लय स्वरमा एकल तिज गित घमण्डी बुढा सार्बजनिक भएको हो ।

गायिका राधिका सापकोटाको गिती एल्बम घमण्डी बुढाको बजार ब्यवस्थापनमा गुरांस मुभिजले गरेको छ । सूर्य खड्काको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको राम्रो प्रतिक्रिया आईरहेको छ ।

रिना थापा र अञ्जली अधिकारीको अभिनय रहेको उक्त गीतको निर्देशन स्‍मृति तिमिल्सिना गुरुआमाले गर्नुभएको हो। सुरेश श्रेष्ठको छायाकंन र प्रकाश धमलाको सम्पादनमा बनेको उक्त भिडियोलाई गुरुआमा फिल्मस प्रालिले निर्माण गरेको हो ।

https://www.youtube.com/watch?time_continue=229&v=uwyERNErrVg

तपाईको प्रतिक्रिया