सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

काठमाडौं – आजदेखि सुरु हुने विश्वकप फुटबल खेलको प्रत्यक्ष प्रशारण नेपालका ४ वटा टेलिभिजन च्यानलबाट हेर्न सकिने भएको छ । फिफा विश्वकप-२०१८ को एक मात्र आधिकारिक नेपाली साझेदार मिडिया हब प्रालिले ४ वटा च्याटललाई प्रत्यक्ष प्रशारणको सुविधा दिएको हो ।

नेपाल टेलिभिजन, कान्तिपुर एचडी, डिसहोम एक्सन् स्पोर्टस् र एनटीभी प्लसमा फिफा विश्वकप खेल प्रत्यक्ष प्रसारण हेर्न सकिने मिडिया हब प्रालिका कार्यकारी निर्देशक सोम धितालले जानकारी दिनुभयो । मिडिया हबले ‘राम्रो नै हेरौं, हाम्रोमै हेरौं’ नाराका साथ प्रत्यक्ष प्रशारण सुविधा प्रदान गरेको छ । अर्घाखाँची सिमेन्ट प्रस्तुतकर्ता रहेको प्रत्यक्ष प्रशारणमा बजाज पल्सर एनएस २००, कोकाकोला र राइनो ५०० डीको साथ रहेको कार्यकारी निर्देशक धितालले बताउनुभयो ।

कार्यकारी निर्देशक सोम धितालले भन्नुभयो, ‘लामो समयदेखि फिफा विश्वकपको नेपालमा आधिकारिक इजाजत प्राप्त संस्था बन्न सकेकोमा हामी धेरै खुशी छौं । फिफा विश्वकप हेर्न विदेशी च्यानलमा मात्रै निर्भर हुनुपर्ने समय अब गएको छ ।’

तपाईको प्रतिक्रिया