आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

काठमाडौं – आज रातिदेखि विश्व फुटबलको कुम्भमेला ‘२०१८ फिफा विश्वकप फुटबल प्रतियोगिता’ सुरु हुँदैछ। रसियाको मस्कोस्थित लुज्निकी रंगशालामा २१औं संस्करणको विश्वकप फुटबल प्रतियोगिताको विधिवत उद्घाटन हुनेछ।

६ क्षेत्रबाट भएका छनोट प्रतियोगिताबाट छानिएका उत्कृष्ट ३२ टिमबीच विश्वकपमा प्रतिस्पर्धा हुँदैछ। ३२ स्थानका लागि कुल २ सय ९ टिमले सहभागिता जनाएका थिए। जहाँ ८ सय ६८ खेलमा २४ सय ५४ गोल भएर थिए, जसले ३२ टिमको भाग्यको फैसाला भएको थियो।

अब यी ३२ टिमबीच २१ संस्करणको उपाधिका लागि एक महिना प्रतिस्पर्धा चल्नेछ। ८ समूहका रहेका ४–४ टिमबीच समूह चरणमा प्रतिस्पर्धा हुनेछ। समूह चरणबाट छानिएका २–२ टिम अन्तिम १६ मा पुग्नेछन्। त्यसपछि क्वार्टरफाइनल, सेमिफाइनल, तेस्रो स्थान र फाइनल गरी कुल ६४ खेल हुनेछ र एक विजेता छानिनेछ।

बिहीबार साँझ हुने उद्घाटन समरोहमा ब्रिटेनका गायक रोबी विलियम्सले आफ्नो प्रस्तुती दिनेछन्। उनलाई रसियाकी गायिका सोप्रानो अइडा गारिफुलिना र ब्राजिलका पूर्व फुटबलर रोनाल्डोले साथ दिनेछन्।

उद्घाटन समारोह आधा घन्टा चल्नेछ। राति सवा ८ बजे सुरु हुने समारोह आधा घण्टा चल्नेछ। लगत्तै रसिया र साउदी अरेबियाबीचको खेल सुरु हुनेछ। उद्घाटन समारोहमा रंगशालामा ८० हजार दर्शक उपस्थित हुनेछन्।

रसिया विश्वकपका लागि ३२ टिमका कुल ७ सय ३६ खेलाडी सहभागी हुँदैछन्। यी मध्ये २ सय खेलाडी दोस्रो पटक खेल्दैछन्। जसमा सन् २०१४ को विश्वकप खेलेका १ सय ८६ र सन् २०१० को विश्वकप खेलेका ६१ खेलाडी छन्।

२१ खेलाडी सन् २००६ को विश्वकप खेलेका छन्। एक खेलाडी भने २००२ मा जापान र कोरियामा भएको विश्वकप खेलेका खेलाडी पनि छन्। उनी हुन् मेक्सिकोको डिफेन्डर राफा मार्क्युज। उनी मैदान उत्रिएमा पाँच वटा विश्वकप खेल्ने चौथो खेलाडी हुनेछन्।

इंग्ल्यान्डको राष्ट्रिय टिममा परेका सवै खेलाडी आफ्नै देशको लिग खेलेका छन्। यस्तै रसियाको टिममा रहेका २३ मध्ये २१ खेलाडी आफ्नै देशमा लिग खेल्छन्। साउदी अरेबियाको टिममा पनि २० खेलाडी घरेलु लिग खेल्ने खेलाडी छन्। यता सेनेगल र स्विडेनको राष्ट्रिय टिमका सवै खेलाडी विदेशी लिग खेल्ने छन्।

बेल्जियम, आइसल्यान्ड, नाइजेरिया र स्विट्जरल्यान्डको टिममा घरेलु लिग खेलेका १-१ खेलाडी मात्र परेका छन्। रसिया विश्वकपका लागि राष्ट्रिय टिममा परेका ७४ प्रतिशत खेलाडी युरोपियन लिग खेलिरहेका छन्।

मेक्सिकोका राफा मार्क्युज र अर्जेन्टिनाका जाभियर मास्चिरानो हाल विश्वकपमा बढी खेल खेल्ने खेलाडी हुन्। दुवैले १६-१६ खेले खेलेका छन्।  जस्तै लिओनल मेसीले १५ खेल, मेसुट ओजिलले १४ खेल खेलका छन्। थोमस मुलर, म्यानुयल नेउर, सर्जिओ रामोस र क्रिस्टियानो रोनाल्डो विश्वकपका १३-१३ खेलमा मैदान उत्रिइसकेका छन्।

तपाईको प्रतिक्रिया