आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

काठमाडाैं – सन् २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । विश्वकप आयोजना गर्ने मरक्कोको प्रस्तावलाई पछि पार्दै तीन राष्ट्रले सहआयोजक बन्ने सौभाग्य प्राप्त गरेका हुन् ।

फिफामा भएको मतदानमा अमेरिका, क्यानडा र मेक्सिकोको पक्षमा १ सय ३४ राष्ट्रले मत जाहेर गरेका थिए । मरक्कको पक्षमा मात्रै ६५ राष्ट्र उभिए । सन् २०२६ को विश्वकप अहिलेसम्मकै बृहत हुने छ । फिफाले यसअघि नै विश्वकपमा सहभागी राष्ट्रको संख्या बढाएर ४८ पुर्‍याउने र ३४ दिनसम्म चल्ने प्रतियोगितामा ८० खेल खेलाउने निर्णय गरिसकेको छ ।

२ सय ११ सदस्य राष्ट्र रहेको फिफाको रुसको राजधानी मस्कोमा भएको ६८ औं साधारणसभामा २ सयले मत हालेका थिए । यसअघि मेक्सिकोले सन् १९७० र ८६ मा गरी दुईपटक र अमेरिकाले १९९४ मा एकपटक विश्वकप आयोजना गरिसकेका छन् । क्यानडाले भने सन् २०१५ मा महिला विश्वकपको सफल आयोजना गरेको थियो ।

तपाईको प्रतिक्रिया