सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

काठमाडाैं – विश्वकप फुटबल सुरु हुन एक दिन बाँकी रहँदा स्पेनले प्रशिक्षक जुलेन लोपेटेगीलाई बर्खास्त गरेको छ  स्पेनिस फुटबल फेडेरेशनले रियल मड्रिडमा नियुक्त हुनेबारे संघसँग सल्लाह नगरेको भन्दै विश्वकप सुरु हुनु एक दिनअघि लोपेटेगीलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

रियल मड्रिडको मुख्य प्रशिक्षकमा नियुक्त भएको केही समयमै स्पेनिस राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक जुलेन लोपेटेगी पदच्यूत भएका हुन् । स्पेनिस फुटबल फेडेरेसनले पत्रकार सम्मेलन गरी ५१ वर्षीय लोपेटेगीलाई बर्खास्त गरेको घोषणा गरेको हो । संघलाई कुनै जानकारी नदिई रियल मड्रिडसँग सम्झौता गरेकाले लोपेटेगीलाई बर्खास्त गरिएको उसले बताएको छ ।

स्पेनिस क्लब रियल मड्रिडले मंगलबार मात्र लोपेटेगीलाई नयाँ प्रशिक्षक नियुक्त गरेको घोषणा गरेको थियो । ‘मलाई थाहा छ यो निकै कठिन समय हो । र, मैले जे गरेपनि आलोचना हुन्छ’ अध्यक्ष लुइस रुबियल्सले भने ।

तपाईको प्रतिक्रिया