आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

काठमाडौं –  विश्वकप फुटबलको तयारीमा रहेको बेल्जियमले कोष्टा रिकालाई ४-१ ले हराएको छ । गएराति खेलिएको अभ्यास खेलमा बेल्जियमलाई विजयी गराउन रोमेलु लुकाकुले दुई गोल गरे भने मिचि बात्सुई र ड्रायर मर्टेन्सले एक–एक गोल गरे ।

विश्वकप फुटबलको तयारीपूर्व खेलिएका मैत्रिपूर्ण खेलहरुमा बेल्जियमले निकै स्तरीय प्रदर्शन गरेको छ । विश्वकप फुटबलको समुह जी मा रहेको बेल्जियमले समूह चरणमा इङ्ल्यान्ड, पानामा र ट्युनिसियासँग खेल्नेछ ।

यस्तै समूह ई मा रहेको कोष्टा रिकाले समूह चरणमा ब्राजिल, स्विट्जरल्याण्ड र सर्वियासँग खेल्नेछ । विश्वकै अभ्यासका लागि गएराति भएको अर्को खेलमा सेनेगलले दक्षिण कोरियालाई २-० ले हराएको छ ।

विश्वकप फुटबलमा सेनेगल समुह एच मा कोलम्बिया, जापान र पोल्यान्डसँग रहेको छ भने दक्षिण कोरिया समुह एफ मा जर्मनी, मेक्सिको र स्विडेनसँग रहेको छ ।

तपाईको प्रतिक्रिया