आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

काठमाडाैं – दोस्रो प्रधानमन्त्री कप वन डे क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफले उचालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा त्रिभुवन आर्मीलाई ६ विकेटले पराजित गर्दै एपीएफले उपाधि जितेको हो ।

आर्मीले दिएको २ सय १० रनको पछ्याएको एपीएफले ४२ ओभर २ बलमा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो । अनिल शाह र प्रदिप ऐरीले १ सय ३८ रनको उत्कृष्ट साझेदारी गरे । अनिल शाह र प्रदिप ऐरी दुबैले समान ६२ रनको योगदान दिए । पृथृ बास्कोटाले ३२ रन जोडे । आर्मीका लागि सोमपाल कामीले ३ विकेट लिए ।   यसअघि टस जितेर ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा २ सय ९ रन बनाउँदै अल आउट भयो ।

भिम सार्कीले ४५, सोमपाल कामीले ३६, विनोद भण्डारीले ३५ रन जोडे । राजेश पुलामीले २७ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । एपीएफका करण के.सी.ले ३ र भुवन कार्की र बसन्त रेग्मीले समान २ विकेट लिए ।  जितसँगै एपीएफले २० लाख रुपैयाँ हात पार्‍यो । उपविजेता बनेको आर्मीले १० लाख रुपैयाँ प्राप्त गर्‍यो ।

तपाईको प्रतिक्रिया