आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

काठमाडौं –  कालीमाटी फलफूल तथा तरकारी बजारमा २० गुणा बढी भाडा असुल गर्ने बिचौलियाहरुको सूची तयार भएको छ ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालको अनुगमनको प्रभावस्वरुप कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिचौलियाहरुको सूचि तयार पारेको हो ।

मन्त्री खनालले गत सोमबार बजारको अनुगमन गरी बजारलाई तत्काल बिचौलियामुक्त गर्न समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेललाई निर्देशन दिएका थिए । मन्त्री खनालको निर्देशनपछि समितिले आफूसँग भाडा सम्झौता गरेर सटर चर्को मूल्यमा अरुलाई नै भाडामा लगाउने बिचौलियाको सूचि तयार गरेको हो ।

कालीमाटी फलफूल तथा तरकारी बजारमा हाल ३८७ वटा सटर छन् । समितिले ती सटरमा क्षेत्रअनुसार ५ देखि ८ हजार भाडा लिने गरेको छ । तर, समितिसँग यति सस्तोमा भागा सम्झौता गरेका बिचौलियाहरुले २ लाखसम्म भाडा असुल्ने गरेको मन्त्री खनालले सोमबार गरेको अनुगमनका क्रममा खुलेको थियो ।

समितिले मासिक २७ लाख भाडा पाउने सठर बिचौलियाहरुले मासिक ७ करोड रुपैयाँभन्दा बढी उठाएर रजाई गरेको पाइएको छ । 

तपाईको प्रतिक्रिया