शनिबार, बैशाख २९, २०८१
Saturday, May 11, 2024

टोकियो – जापानको ओकिनावा सहरमा हुने कराते च्याम्पियनसिपमा नेपाली कराते टिम पनि सहभागी हुने भएको छ । आउँदो मे १० देखि १३ तारिकसम्म हुने १७औं एशियन जुनियर तथा यू-२१ कराते च्याम्पियनसिपमा नेपाली टिम सहभागी हुने भएको हो ।

श्रीलंकाको राजधानी कोलम्बोमा ५ अगस्त २०१७ मा भएको चौथो साउथ एशियन (साफ) कराते च्याम्पियनसिमा स्वर्ण पदक बिजेता खेलाडी नविन रसाइली, राजिव पुढासैनी, एस्तर राई र विजय श्रेष्ठले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकका रुपमा एशियन कराते महासंघबाट मान्यता प्राप्त तथा बालाजु कराते डो प्रतिष्ठान नेपालका प्रमुख प्रशिक्षक धुव्र विक्रम मल्ल र सल्यानका प्रशिक्षक चित्रबहादुर रानाले सहभागी जनाउने भएका छन् ।

नबिन लगातार ३ तथा राजिव २ पटक साफ कराते स्वर्ण पदक बिजेता खेलाडी पनि हुन् । १७औ संस्करणसम्म आउँदा पनि नेपालले पदक जित्न सकेको छैन । ६ जना खेलाडीको बस्ने व्यवस्था एनआरएनए जापानको समन्वयमा ओकिनावा क्षेत्रीय कमिटिले गर्नेछ । भरत बिक्रम मल्ल नेतृत्वको टोलीलाई एनआरएनए आईसिसि अध्यक्ष भवन भट्टको बिशेष आर्थिक सहयोग छ । प्रतियोगितामा ४५ देशको सहभागिता रहने छ ।

तपाईको प्रतिक्रिया