Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – ललितपुरको कुपण्डोलमा कार दुर्घटना भएको छ । शनिबार बिहान साढे ५ बजेतिर बागमती प्रदेश ०२८ च ४२८९ नम्बरको कार सडक छेउको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो ।

प्रहरी प्रभाग कुपण्डोलकाअनुसार कारको ठक्करबाट बिजुलीको पोल भाँच्चिएको छ । जसका कारण त्यस क्षेत्रमा विद्युत् सेवा अवरूद्ध भएको छ । प्रहरीका अनुसार चालकले मापसे र तीव्र गतिका कारण कार दुर्घटना भएको हो । दुर्घटनाबाट कारको अघिल्लो भागमा क्षति पुगेको छ ।

कार चालक ललितपुरकै सातदोबाटो घर भएका ४५ वर्षीय सञ्जिब जोशी सकुशल रहेको प्रहरीले जनाएको छ । उनलाई प्रहरी प्रभाग कुपण्डोलले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया