Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

काठमाडौ – रंङ्गैरङ्गको पर्व होली आजदेखि शुरु भएको छ । कलाकारहरुले समेत विभिन्न कार्यक्रम गरी आज राजधानी काठमाडौमा होली पर्व मनाए ।

यही चैत २ मा प्रदर्शन हुन लागेको चलचित्र ‘पंचायत’का कलाकार तथा निर्माता निर्देशकहरुले समेत विहिवार मजैले होली मनाए । ऐतिहासिक र सामाजिक कथावस्तु जोडेर निर्माण भएको उक्त चलचित्रका कलाकारले दिनभर विभिन्न ठाउँका होली विशेष लाईभ कार्यक्रममा पुगे ।

शुरुमा चण्डोलमा आयोजित हिमालय टेलिभिजनको होलीविशेष कार्यक्रमबाट पंचायत टिमले होली खेल्न शुरु गरेको थियो । त्यसपछि टिभी पिल्मीमा पुगेर मजैले होली खेले ।

लगत्तै एपी वान टिभीको लाईभ कार्यक्रममा सहभागि भएर पञ्चायत टिम गोदावरीमा रहेको नायिका करिष्मा मानन्धरको घरमा आयोजित होली विशेष कार्यक्रममा पुगेको थियो । पञ्चायत टिमलाई दर्शक तथा कलाकारले भव्य स्वागत गरे भने कलाकारसँग सेल्फीमा दर्शक रमाए ।

होली कार्यक्रममा फिल्मका निर्माता गणेश गिरी, कार्यकारी निर्माता रवि अधिकारी, लेखक तथा निर्देशक शिवम अधिकारी, कलाकारहरु सरोज खनाल, निता ढुंगाना र जाहान्वी बस्नेतको सहभागिता थियो ।

पंचायत लेखेको टिसर्ट लगाएर होली खेल्न पुगेका चलचित्रका नायक सरोज खनालले भने, ‘चैत दुई मा पञ्चायत लाग्दै छ, तपाईहरु कसैलाई अन्याय परेको छ भने म न्याय दिन आउँदै छु, तपाईपनि आउनुस् हलमा ।’

दर्शकहरुले हलमा जाने प्रतिबद्धता जनाए । नायिका निता ढुंगानाले मुभि राम्रो बनेको भन्दै न्याय हेर्न पनि हल पुग्नुपर्ने प्रतिक्रिया दिईन् । कलाकारलाई दर्शकले राम्रै साथ दिएका थिए ।

‘गणतन्त्रको बेला आगामी चैत्र २ गते फेरी पञ्चायत आउँदै छ, मौलिक पन भएको नेपाली चलचित्र हो पंचायत, हेरिदिनुस् तपाई असन्तुष्ट हुनुहुने छैन,’ निर्देशक शिवम् अधिकारीले भने ।

निर्माता गणेश गिरीले अर्गानिक चलचित्र बनेको भन्दै नेपालीले हेर्नैपर्ने फिल्म बनेको दावी गरे । चलचित्र पत्रकार समेत रहेका कार्यकारी निर्माता अधिकारीले पत्रकारले पनि किन चलचित्रमा लगानी गरयो त्यो बुझ्नका लागि पनि पञ्चायत हेर्नै पर्ने चलचित्र भएको बताए ।

पंचायत यही फागुन २५ मा भिआईपी सो गर्ने तयारी गरिएको छ । जसमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, झलनाथ खनाल लगायत नेताहरु सहभागि हुने जनाईएको छ ।अमेरिकामा २ सय १७ वटा फिल्म मध्य पंचायतले उत्कृष्ट अवार्ड र उत्कृष्ट नायिकाको अवार्ड पाईसकेको छ ।

यसले पंचायतकालको एउटा गाउँको सामाजिक व्यवस्था, न्यायप्रणाली, संस्कृति र महिलामाथि हुने गलत क्रियाकलापलाई उजागर गरेको छ ।***

तपाईको प्रतिक्रिया