Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं  – विश्व बैंकले सन् २०१८ मा विश्व अर्थतन्त्रमा केही सुधार हुने जनाएको छ । यो बर्ष विश्वको आर्थिक वृद्धिदर ३ दशमलव १ प्रतिशतले बढ्ने नयाँ प्रक्षेपण विश्व बैंकको छ । बैंकले गत जुनमा गरेको अनुमानभन्दा यो प्रक्षेपण बढी हो ।

लगानीमा आएको सुधार, उत्पादन तथा व्यापार बढ्नु लगायत कारणले सन् २०१८ को अर्थतन्त्रमा सुधार आउने प्रक्षेपण गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सबल अर्थतन्त्रमा २ दशमलव २ प्रतिशत र उदाउँदो बजार तथा बिकासोन्मुख अर्थतन्त्रमा ४ दशमलव ५ प्रतिशत वृद्धिदर हासिल हुने बैंकको प्रक्षेपण छ ।

विश्वमै आर्थिक संकट झेलेपछि पहिलोपटक समग्र अर्थ व्यवस्थाले गति लिन लागेको बैंकको विज्ञप्तिमा जनाइएको छ । सबैभन्दा बढी दक्षिण एसियामा ६ दशमलव ५ प्रतिशत वृद्धिदर हासिल हुने बैंकको प्रतिवेदनमा उल्लेख छ ।

विकासोन्मुख तथा बिकासशील राष्ट्रहरुमा गत बर्षभन्दा केही बढी आर्थिक वृद्धिदर हासिल हुने बैंकले जनाएको छ । जीवनस्तरमा सुधार तथा गरिबी न्यूनीकरणका क्षेत्रमा दीर्घकालीन उपलब्धी हासिल नभएसम्म यो वृद्धिदर क्षणिक हुने चेतावनी समेत विश्व बैंकले दिएको छ ।

तपाईको प्रतिक्रिया