Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

काठमाडौं – सप्तरीका बाढीपीडित तथा भोजपुर र तेह्रथुमका अग्निपीडितले सहुलियतमा कर्जा पाउने भएका छन् । राष्ट्र बैंकले आज परिपत्र जारी गर्दै उक्त व्यवस्था गरेको हो ।

भोजपुर बजार र तेह्रथुमको संक्रान्तिमा भएको आगलागीबाट क्षती भएका ३४ परिवारले शहरी क्षेत्रमा अधिकतम २५ लाख र अन्य स्थानमा अधिकतम १५ लाख रुपैयाँका दरले ऋण पाउने भएका हुन् । यसका लागि पीडितहरुले जिल्ला दैवीप्रकोप उद्दार समितिको सिफारिस जुटाउनु पर्नेछ । घर पुनर्निर्माणका लागि उपलब्ध हुने यस्तो कर्जा सरकारी कारोबार गर्ने बैंकहरुले जारी गर्न पाउनेछन् ।

सप्तरीमा बाढी तथा डुवानबाट घर र व्यवसायमा क्षति पुगेकाहरुले अधिकतम १५ लाख रुपैयाँ कर्जा पाउने छन् । यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई पुनर्कर्जा उपलब्ध गराउने छ । पीडितहरुले घर पुनर्निर्माण गर्दा राष्ट्रिय भवनसंहिता र भूकम्प प्रतिरोधात्मक मापदण्डको पालना भने गरेको हुनुपर्नेछ । राष्ट्र बैंकले बैंकहरुलाई शून्य व्याजदरमा उपलब्ध गराउने यो पुँजीमा अधिकतम दुई प्रतिशत मात्र व्याज लिन पाउनेछन् ।

बैंकहरुले यस्तो कर्जा प्रवाह गर्दा बीमा, धितो मूल्यांकन, कर्जा सूचना, कर्जा सुरक्षणबाहेकका शुल्क लिन पाउने छैनन् । उक्त कर्जा जारी गर्दा राष्ट्र बैंकले एक वर्षको ग्रेस अवधि तोकिदिएको छ । अर्थात्, ऋणीले पहिलो वर्षमा तिर्नुपर्ने साँवा र व्याजको किस्ता नबुझाएमा पनि त्यसलाई खराब कर्जा मानिने छैन । कर्जा भुक्तानीको अवधि पाँचदेखि १० वर्ष तोकिएको छ । बैंकहरुले पुनर्कर्जा एक पटक मात्र लिन पाउने छन् ।

यसरी लिएको पुँजी सम्बन्धित शीर्षकमा मात्र लगानी गर्न पाइने छ । बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा अधिकतम चार चरणमा गर्न सक्नेछन् । वित्तीय संस्था कर्जा प्रवाह गरेको मासिक विवरण राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ । बैंक तथा वित्तीय संस्थाले उद्दार समितिको सिफारिस सही भए÷नभएको पनि यकिन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

बैंकहरुले आफ्नो प्राथमिक पुँजीको २५ प्रतिशतबराबर रकम मात्र राष्ट्र बैंकबाट पुनर्कर्जाको रुपमा प्राप्त गर्नेछन् । यस्तो कर्जाको जोखिम भार भने ६० प्रतिशतबराबर नै हुनेछ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया