Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – अन्तर बैंक व्याजदर ३ प्रतिशतभन्दा तल झरेपछि नेपाल राष्ट्र बैंकले बजारबाट आज २ अर्ब रुपैयाँ उठाउने भएको छ ।

एउटा बैंकले अर्को बैंकसँग स्वतन्त्र कारोबार गर्न पाउने अन्तर बैंक व्याजदर हिजो २ दशमलव ९७ प्रतिशतमा झरेपछि केन्द्रीय बैंकले २ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्न लागेको हो । यसले अन्तर बैंक व्याजर बढाउन मद्दत पुर्‍याउने राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख नरबहादुर थापाले बताउनुभयो ।

अन्तरबैंक दर ३ प्रतिशतबाट तल झर्नुको अर्थ बजारमा अधिक तरलता पर्याप्त रहनु रहेको थापाको भनाई छ । बैंकर्स एसोसिएसनले भने बैंक तथा वित्तीय संस्थामा तरलताको समस्या नभएपनि लगानीयोग्य रकम कम भएको बताउँदै आएको छ ।

तपाईको प्रतिक्रिया