Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ५ अर्ब ६२ करोड २१ लाख ४७ हजार २९९ (कुल बजेटको ५७.९६ प्रतिशत) रुपैयाँ खर्च भएको जनाएको छ ।

आयोगलाई सरकारले निर्वाचन प्रयोजनका लागि १० अर्ब रुपैयाँ बजेट दिएको थियो । आयोगले १० अर्ब रुपैयाँबाट ३० करोड रुपैयाँ रकम पूँजीगत खर्चका लागि छुट्याएको थियो । आयोगले पुस २१ गतेसम्मको खर्च विवरण सार्वजनिक गरेको हो । निर्वाचन आयोगले कान्तिपथस्थित कार्यालयबाट ७६ करोड ६ लाख ७८ हजार ६९१ (७.८४ प्रतिशत) रुपैयाँ मात्र खर्च भएको जनाएको छ ।

निर्वाचनका लागि ७७ जिल्लामा ४ अर्ब ८६ करोड १४ लाख ६८ हजार ६०८ रुपैयाँ निकासा गरिएको पनि जानकारी दिएको छ । आयोगका प्रवक्ता नवराज ढकालले आज जारी गरेको विज्ञप्तिमा सरकारले दिएको बजेटमध्ये ४ अर्ब ७ करोड ७८ लाख ५२ हजार ७ सय रुपैयाँ बाँकी रहेको उल्लेख छ । उक्त रकमबाट राष्ट्रिय सभा र राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गराउने जनाएको छ ।

आयोगका अनुसार निर्वाचनमा २ लाख १५ हजारभन्दा बढी जनशक्ति परिचालन गरिएको थियो भने ६४ भन्दा बढी प्रकारका निर्वाचन सामग्री प्रयोग गरिएका थिए । साथै १६५ निर्वाचन क्षेत्रमध्ये ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएका थिए ।

तपाईको प्रतिक्रिया