Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – चीनले दक्ष जनशक्ति भित्र्याउन दीर्घकालिन भिसा जारी गर्ने भएको छ ।

बाहिरी मुलुकबाट आफ्नो देशमा दक्ष जनशक्ति भित्र्याउन चीनले सो व्यवस्था लागु गर्न लागेको जनाएको छ । चीनले प्रतिभावान् तथा क्षमतावान् व्यक्तिका लागि आफ्नो देशमा १० बर्ष सम्मको भिसा दिने व्यवस्था गर्न लागेको स्थानीय संचारमाध्यमलाई उद्येत गर्दै बीबीसीले उल्लेख गरेको छ । चीनले दिने बहुप्रवेश आज्ञाको अवधि ५ बर्ष देखि १० बर्ष सम्म हुने जनाइएको छ ।

प्राविधिक, वैज्ञानिक, उद्योगी लगायतका जनशक्तिको माग बढी भएका क्षेत्रका विज्ञ व्यक्ति चीनमा प्रवेशआज्ञाका लागि योग्य हुने चीनियाँ अधिकारीले जनाएका छन् । यो योजनाबाट ५० हजार विदेशी लाभान्वित हुने अनुमान चीनको छ । आर्थिक र सामाजिक क्षेत्रको विकासका लागि विदेशबाट विज्ञ भित्राउने योजना चीनले ल्याएको विश्लेषकले बताएका छन् ।

तपाईको प्रतिक्रिया