Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – मृगौलामा समस्या देखिएपछि उपचारत वरिष्ठ मेकअप आर्टिस्ट इन्द्र लामाको उपचारका लागि आर्थिक अभाव भएको छ ।

‘धर्ती आकास’ नामक चलचित्रमार्फत सिनेमा क्षेत्रमा प्रवेश गरेको वरिष्ठ मेकअप आर्टिस्ट इन्द्रको उपचारमा आर्थिक अभाव भएको हो । बिगत चार दशकदेखि नेपाली चलचित्र क्षेत्रमा क्रियाशील उहाँले राजमती, आमा, पन्छी, सडक, मितिनी, मुनामदन, बसन्ती, यो पागल मनलगायत दर्जनौं चलचित्रमा काम गरिसक्नु भएको छ ।

५३ वर्षाका इन्द्रको मिर्गौलामा समस्या देखिएपछि शरीरको आधा भाग पक्षघात भएका छ । अहिले उहाँको मनमोहन हस्पिटल स्वयम्भुमा उपचार भइरहेको छ । आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या भएको भन्दै उहाँको परिवारले सहयोगका लागि चलचित्रकर्मी तथा सम्पूर्णमा आग्रह गरेको छ ।साथै उहाँको उपचारको सहयोग जुटाउन नेपाल चलचित्र प्राबिधिक संघ (नेफ्टा) संगको सहकार्यमा नृत्य निर्देशक समेत रहेकी उहााकी छोरी माला लामा रंजितकारले सांस्कृतिक कार्यक्रम गर्न लाग्नुभएको छ । उहाँले आउँदो पुस २७ गते काठमाडौंको ब्याङ्क्वेट एण्ड मल्टीभेन्यु बनस्थली चोकमा च्यारिटेवल सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लाग्नुभएको छ ।चलचित्र क्षेत्रमा इन्द्र लामाले पुर्याएको योगदानको कदर गर्दै सहयोग गरिदिन उहाँले आग्रह गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया