Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं । लगातार निरास हुँदै आएका लगानीकर्तालाई शेयर बजारले अंग्रेजी नयाँ वर्षको दिन खुसीयाली दिएको छ । लगातार घटिरहेको शेयर बजार परिसुचक अाज एकै दिन ४४ दशमलव २२ अंकले बढेर १४ सय ३४ दशमलव ८० मा पुगेको छ । कारोवार भएका मध्ये सबैजसो कम्पनीको शेयरको भाउ बढेकाले शेयर बजार बढेको हो ।

अाज राष्ट्रिय विमा संस्थानका साधारण र प्रवद्र्धक दुवै शेयरधनीले सबैभन्दा धेरै साढे ८ प्रतिशत कमाएका छन् । बजार बढे पनि पूर्वेली विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै ३ प्रतिशत गुमाएका छन् । शतप्रतिशत बोनसपछि आइतबार मात्र मूल्य समायोजन भएको स्टान्डर्ड चार्टर बैंकको शेयर ७ प्रतिशत बढेर सबैभन्दा धेरै किनबेच भएको छ । उसको २ करोड ८८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

वचत तथा मुद्दतीमा १२ प्रतिशत भन्दा बढी ब्याज नदिने बैंकहरुबीचको सहमति, शेयर धितो राखेर दिने ऋणको सीमा बढाउने बारेमा लगानीकर्ता र बैंकहरुबीच भएको सकरात्मक छलफलले शेयर बजार सकरात्मक बनेको हो । यस्तै नेपाल राष्ट्र बैंकले तरलता अभाव कम गर्न बैंक तथा वित्तीय संस्थालाई २ अर्व रुपैयाँ दिने निर्णय गरेकाले पनि लगानीकर्ता सकरात्मक बनेका हुन् ।

तपाईको प्रतिक्रिया