Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – नेपाल उद्योग परिसंघले बैंकिङ प्रणालीमा देखिएको तरलता अर्थात लगानी योग्य रकमको अभाव सम्बन्धी समस्या सम्बोधन गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।

तरलता अभावका कारण बैंकहरुले ऋणको ब्याज बढाएका कारण उत्पादन लागत समेत बढेर उद्योग र व्यावसायिक क्षेत्रको प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आउने, निर्यात हतोत्साहित हुने, आयात तीव्र गतिले बढ्ने र समग्र लगानीमा संकुचन आउने चेतावनी परिसंघले दिएको छ । परिसंघले शनिबार विज्ञप्ति निकालेर तरलता समस्यालाई सम्बोधन गर्न नेपाल राष्ट्र बैंकबाट नीतिगत सुधार हुनपर्नेतर्फ पनि ध्यानाकर्षण गराएको छ ।

देशलाई आवश्यक पूँजी अर्थ व्यवस्थामा लगानी गर्न सके लक्ष्य अनुसार उच्च आर्थिक विकास हासिल गर्न सक्ने हुँदा हालको तरलता समस्या सम्बोधनमा सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकले ठोस कदम चाल्नु पर्ने परिसंघको ठहर छ । उद्योग व्यवसाय मैत्री मौद्रिक नीति तथा उपकरणको माध्यमबाट तरला समस्या सम्बोधन हुनेमा आफू विश्वस्त रहेको पनि परिसंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया