Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर प्रशारण लाईनबाट आयात हुने विद्युत खरिद सम्झौता थप तीन महिनाका लागि नविकरण गरेको छ ।

नेपाल विद्युत् प्राधिकरण र भारतको विद्युत् व्यापार निगम एनभिभिएन लिमिटेडबीच विद्युत् खरिद सम्झौता नवीकरणसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिनुभयो ।

भारतको नयाँ दिल्लीमा नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एन. भि. भि. एन. का प्रमुख कार्यकारी अधिकृत अरुण कुमार गर्गले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौताको समयावधी आगामी आईतबार सकिने भएकाले नवीकरण गरी चैत १५ गतेसम्म लम्ब्याइएको प्राधिकरणले जनाएको छ ।

सम्झौता अनुसार यसअघिकै सर्तहरु र पुरानै दर/ प्रतियुनिट भारतीय ३ रुपैयाँ ६० पैसामा विद्युत खरिद कायमै रहने छ । सो प्रशारण लाईनबाट नेपालले १ सय ६० मेगावाटसम्म विद्युत आयात गर्न सक्ने भएतापनि प्राधिकरणले हाल भने १ सय २० मेगावाट आयात गरिरहेको छ ।

अहिले नेपालमा भारतबाट मात्रै कुल ३ सय ८० मेगावाट विद्युत आयात भइरहेको छ ।

तपाईको प्रतिक्रिया