Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – हप्ताको सुरु दिनदेखि नै घट्दै आएको सेयर बजार परिसूचक (नेप्से) आज पनि घटेको छ । अधिकांश समूहको परिसूचक राताम्य हुँदा सेयर बजार २१.५३ अंकले ओरालो लागेको हो । ओरालो लागेर परिसूचक एक हजार ४२५.५१ अंकमा अडिएको छ ।

मंगलबार पनि सेयर बजार परिसूचक २०.६४ अंकले घटेको थियो । हप्ताको सुरु दिन आइतबार पनि ४.९१ अंकले सेयर बजार घटेको थियो ।  आज १५६ कम्पनीको कारोबार भएको छ । १३ लाख ६८ हजार ४७५ कित्ता सेयर ७ हजार २८४ पटक किनबेच हुँदा ७६ करोड ५७ लाख ६९  हजार ६६२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

बजारमा उत्पादन समूह बाहेक आठ ओटै समूहको सेयर परिसूचक रातम्य भएको छ । जसमा सबैभन्दा बढी विमा समूहको परिसूचक १३६.९१ अंकले घटेको छ । त्यस्तै विकास बैंक, हाइड्रो पावर, माइक्रोफाइनेन्स समूहको परिसूचक क्रमशः २४.६९, २४.२९, २३.७२  अंकले घटेको छ ।

यद्यपि उत्पादन समूहको परिसूचक भने, ६.५२  अंकले बढेको छ । साथै ‘क’ बर्गको सेन्सेटीभ इण्डेक्स पनि ४.७२ अंकले घटेर ३००.१३ विन्दुमा अडिएको छ ।

तपाईको प्रतिक्रिया