Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष २६, २०८१
Friday, January 10, 2025

काठमाडौं – पूर्वउपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि र नेपाल भ्रमणमा रहेको चीनको ‘युरोपियन अमेरिकन चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रि’को प्रतिनिधिमण्डलबीच आज भेटवार्ता भएको छ ।

इण्डष्ट्रिका अध्यक्ष काओ इङको नेतृत्वमा आएको पाँच सदस्यीय प्रतिनिधिमण्डलले नेपालमा लगानीको क्षेत्र पहिचान गरी लगानी गर्न तयार रहेको र नेपालसँगको व्यापारका बारेमा कुराकानी गरेको नेता निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिनुभयो । नेता निधिसँगको भेटमा प्रतिनिधिमण्डलले नेपालमा उत्पादित कच्चा पदार्थको चीनमा पर्याप्त सम्भावना रहेकाले त्यसमा सहकार्य गरी अघि बढ्न आफूहरु तयार रहेको बताएका थिए ।

सो अवसरमा नेता निधिले व्यापार व्यवसायका माध्यमबाटै मुलुकको आर्थिक विकासमा टेवा पुग्ने र नेपाल-चीन व्यापारको प्रमुख मार्ग तातोपानी नाका चाँडो खुलाउनका लागि पहल गर्न ध्यानाकर्षण गराउनुभयो । नेता निधिले आफू सरकारमा भएका बेला नेपाल भ्रमणमा आएका चिनियाँ प्रतिनिधिमण्डलसँग पनि व्यापार बिस्तारका लागि तातोपानी नाका सञ्चालनमा ल्याउन जोड दिएको उल्लेख गर्नुभएको थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया