Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

काठमाडौं – बालबालिकाका लागि झाडापखाला जोखिमयुक्त रोग हो । विशेषगरी पाँच वर्षभन्दा कम उमेरका बालबालिकाको झाडापखालाबाट ज्यान जाने गरेको पाइन्छ । बालबालिकालाई झाडापखालाबाट बचाउन विशेष ध्यान दिन जरुरी छ ।

यी हुन् बालबालिकालाई झाडापखाला लाग्ने कारण र यसका उपचार विधि :

विष्णुरथ गिरी
बालरोग विशेषज्ञ

कारण
-शिशु जन्मिएको पाँच महिनासम्म आमाको दूध मात्र चुसाउनुपर्छ । त्यसपछि पनि उचित मात्रामा गाई–भैँसीको दूध खुवाउनुपर्छ । नत्र दूधले पनि झाडापखाला लाग्न सक्छ ।

-पछिल्लो समय बालबालिकालाई ड्राई फुड खुवाउने प्रचलन बढ्दो छ तर प्याकेजिङ गरिएका ड्राई फुड, दूधलगायत खानेकुराले बालबालिकालाई झाडापखाला लाग्न सक्छ ।

-गृहिणीले राम्रोसँग हात नधोईकन खाना खुवाउँदा पनि खानाका माध्यमबाट बालबालिकाको पेटमा झाडापखालाका कीटाणु प्रवेश गर्छ ।

-राम्रोसँग सफा गरेको भाँडामा राखेर मात्र बालबालिकालाई खाना खुवाउनुपर्छ । नत्र झाडापखाला लाग्न सक्छ ।

-झाडापखालाको अर्को प्रमुख कारण बोतल फिडिङ पनि हो । आमा दिनमा काममा गएको वेला बच्चालाई बोतलको दूध खुवाउने गरिन्छ तर यसो गर्दा झाडापखाला लाग्न सक्छ । बोतललाई जति नै सफा गरे तापनि त्यहाँ कीटाणुहरू भने टाँसिएर बसिरहेका हुन्छन् । त्यसैले बच्चालाई दूध खुवाउँदा कहिल्यै पनि प्लास्टिकको भाँडा प्रयोग गर्नु हुँदैन ।

उपचार विधि
– बच्चालाई पखाला लागेमा प्रशस्त मात्रामा जीवनजल खुवाउनुपर्छ । जति धेरै पखाला लाग्यो उति धेरै पानी खुवाउन जरुरी हुन्छ ।

– विशेषगरी बालबालिकालाई पखाला रोक्नका लागि औषधिको प्रयोग गर्नु हुँदैन । हामीकहाँ धेरै पखाला लाग्यो भने रोक्नुपर्छ भन्नेजस्ता गलत मानसिकता पनि छ । पखालाका माध्यमबाट कीटाणु र फोहोर बाहिरिने भएकाले औषधि खुवाएर पखाला रोक्ने गर्नु हुँदैन । बढी मात्रामा पानी र जीवनजल खुवाएमा ४-५ दिनमै रोकिन्छ ।

– बालबालिकाको पखालालाई निर्मूल पार्नका लागि खाली पानी मात्र पनि खुवाउनु हुँदैन । आमाको दूध र जीवनजल खुवाउनुपर्छ र एक वर्षभन्दा माथिको बच्चालाई अग्र्यानिक खानेकुरा खुवाउनुपर्छ।

– बालबालिकालाई प्रशस्त मात्रामा घरेलु झोल पदार्थ खुवाउनुपर्छ । आमाको दूध खाने बच्चा भए साबिकभन्दा बढीपटक चुसाउनुपर्छ ।

– लामो समय लगातार पखाला लागेमा भने चिकित्सककहाँ लैजानुपर्छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया