Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

काठमाडौं – हामीलाई किन चाडै रोगले गाँज्छ ? किन सानोतिनो रोगले सताइरहन्छ ? किन बारम्बार स्वास्थ्य गडबड हुन्छ ?

किनभने हाम्रो शरीरमा रोगसँग लड्ने क्षमता छैन । अर्थात रोग प्रतिरोधात्मक क्षमता कमजोर छ । यस्तो अवस्थामा सानोतिनो रोगले पनि हामीलाई सताइरहन्छ । सामान्य चिसो लाग्नसाथ रुँघा लाग्छ, खानपान नमिल्दा अपचको समस्या हुन्छ । रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनुको नतिजा हुन् यी ।

बुढाबुढी, रोगी, बालबालिकामा तुलनात्मक रुपमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । यद्यपी जवानहरुमा पनि यस्तो समस्या हुन्छ । कतिको वंशानुगत रुपमा पनि कमजोर हुन्छ । कतिको अस्वस्थ्यकर जीवनशैलीको कारण ।

शरीरमा सेतो रक्त कोशिका हुन्छ, जसले हरेक प्रकारको संक्रमणसँग लड्ने क्षमता राख्छ । यो प्राकृतिक सुरक्षा कवच हो । यहि नै प्रतिरक्षा प्रणालीको अहंम हिस्सा पनि हो । अतः शरीरलाई बलियो र तन्दुरुस्त राख्न प्रतिरक्षा प्रणाली बलियो हुनुपर्छ । त्यसका लागि के गर्ने त ?

उचित खानपान
शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि खानपानको खास भूमिका हुन्छ । यस्तो सन्तुलित भोजन लिनुपर्छ, जसले सेतो रक्तकोश बढाउँछ । यसका लागि पर्याप्त मात्रामा प्रोटिनको आवश्यक हुन्छ । प्रोटिन सेतो रक्त कोशिका बनाउन सहयोगी मानिन्छ । यो दुध, अन्डा, सागसब्जीमा पाइन्छ ।

सेचुरेटेड फ्याटबाट परहेज गर्नुपर्छ । यद्यपी पर्याप्त मात्रामा अनसेचुरेटेड फ्याट लिनुपर्छ । सेचुरेटेड फ्याटले हृदयको रोग निम्त्याउँछ । शरीरलाई अनसेचुरेटेड फ्याट भने चाहिन्छ । यसका लागि सोविन, तिल, सनफ्लावर तेल आवश्यक हुन्छ ।

कार्बोहाइड्रेट कम खाने
सहि मात्रामा गहुँ, मकै र अन्नले सेतो रक्त कोशिका बनाउनका लागि उर्जा पैदा गर्छ । तर, यसको आवश्यक्ताभन्दा बढी सेवनले रगतमा लिम्फोसाइट्स घटाइदिन्छ । र, यसले प्रतिरक्षा प्रणालीलाई थप कमजोर बनाउँछ ।

खानामा यी कुरा सामेल गरौं
– लसुन
– बदाम
– गोभी
– सिमी
– च्याउ
– दही
– ग्रीन टि
– तुलसी चिया

एन्टि अक्सिडेन्ट लिने
एन्टिअक्सिडेन्ट यस्तो भिटामिन, मिनरल र दोस्रो पोषक तत्व हो, जसले शरीरको क्षतिग्रस्त कोशिकालाई दुरुस्त गर्न सहयोग गर्छ । ग्रीन टि एन्टिअक्सिडेन्टको एकदमै राम्रो स्रोत हो ।

भिटामिन- सि
भिटामिन सिले सेतो रक्त कोशिकालाई बढाउँछ र कोशिकालाई दुरुस्त बनाइराख्छ । यो एक एन्टिअक्सिडेन्ट पनि हो, जसमा रहेको सेतो रक्त कोशिका नष्ट हुनबाट बचाउँछ । बयस्कका लागि भिटामिन सिको उचित मात्रा २ हजार मिलिग्राम हो ।

स्वस्थ्य जीवनशैली
हामी त्यहीबेला स्वास्थ्यप्रति बढी सोच्छौ, जब यो खतरामा हुन्छ । वा कुनै न कुनै समस्या आउँछ । तर, त्यस्तो अवस्थाको प्रतिक्षा नगरौ । नियमित स्वस्थ्य खानेकुरा सेवन आफ्नो कार्डियोभास्कुलर स्वस्थ्य बनाउन, एनर्जी लेभल सुधार्न र मांसपेशी एवं हड्डी बलियो बनाइराख्ने सबैभन्दा राम्रो उपाय हो । मौसमी फलफूल, ताजा सागसब्जी, प्रोटिनले समृद्ध खानेकुरा, ग्रीन टि आदिलाई आफ्नो डाइट चार्टमा सामेल गरौं ।

व्यायाम गरौं
नियमित रुपमा व्यायाम गरौ, जसले मुटुलाई स्वस्थ्य राख्छ । व्यायामले शरीरको विभिन्न हिस्सामा रक्त प्रवाह गराउँछ । साथै शरीरको विकारयुक्त पदार्थ बाहिर निकाल्छ । यस किसिमले पनि शरीरको प्रतिरक्षा प्रणाली बलियो हुन्छ ।

– ६ देखि १७ बर्ष उमेरका बच्चा र किशोरले कम्तिमा ६० मिनेट व्यायाम नियमित रुपमा गर्नुपर्छ ।
– १८ देखि ६४ बर्ष उमेर समूहकाले कम्तिमा हप्तामा १ सय ५० मिनेट एरोबिक, हप्तामा दुई पटक तौल उठाउने जस्ता गतिविधि गर्नुपर्छ ।

धुमपान छाडौं
धुमपानले शरीरको हरेक अंगलाई क्षतिग्रस्त बनाउँछ । यसले हाम्रो प्रतिरक्षा प्रणाली कमजोर बनाउँछ । साथै स्ट्रोक, हार्ट अट्याक, फोक्सोको क्यान्सर जस्तो संभावना बढाउँछ । निकोटिन रगतमा अक्सिजनको ठाउँ ओगटेर बस्छ । यसले गर्दा कोशिकामा अक्सिजन पुग्ने क्षमता घटाइदिन्छ ।

पर्याप्त पानी पिउने
हरेक दिन कम्तीमा आठ गिलास पानी पिउनुपर्छ । यसले मांसपेशीलाई उर्जावान बनाउँछ । आन्द्रा स्वस्थ्य बनाउँछ । सोडा, अल्कोहल, चिया, कफीले तिर्खा मेट्ने गल्ती नगरौं । यसले शरीरलाई डिहाइड्रेट गर्छ । –एजेन्सीहरुको सहयोगमा 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया